बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

पछिल्लो समय कांग्रेसको राजनीतिमा सक्रिय राजु गोर्खाली पक्राउ

आपराधिक पृष्ठभूमि भएका राजु गोर्खाली जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले आइतबार पक्राउ गरेको छ । एसपी अपीलराज बोहोराका अनुसार गोर्खालीमाथि बैंकिङ कसुरको मुद्दा चलिरहेको छ ।

उनलाई १० करोड रुपैयाँ बराबरको चेक बाउन्ससम्बन्धी उजुरीको अनुसन्धान गर्न प्रहरीले हिरासतमा राखेको छ। प्रहरी अदालतबाट म्याद लिएर थप अनुसन्धान अघि बढाउने तयारीमा छ ।

महाशाखाका टोली विगत दुई हप्तादेखि गोर्खालीको खोजीमा थियो।

सुन्धारास्थित काठमाडौं मलका व्यापारीलाई धम्काएर जबर्जस्ती रकम असुली गरेको उजुरी परेपछि महाशाखाले उनलाई नियन्त्रणमा लिएको हो।

पछिल्लो समय कांग्रेसको राजनीतिमा सक्रिय रहेका तर आपराधिक पृष्ठभूमीका राजु गोर्खाली कर्मचारी सञ्चय कोषको स्वामित्वमा रहेको काठमाडौं मल गोर्खालीको समूहले वर्षौंदेखि भाडामा लिएर अन्य व्यापारीलाई भाडामा दिने गरेको थियो। सो समूहले कोषलाई कम भाडा दिएर व्यापारीहरुसँग चर्को रकम असुल्दै आएको थियो।

गोर्खाली नेपाली कांग्रेससँग पनि राजनीतिक रूपमा सक्रिय रहेका व्यक्ति हुन् । उनका अघिल्ला आपराधिक रेकर्ड पनि जटिल छन् । ०५८ सालमा काठमाडौँको सुन्धारास्थित बेबी लोन डिस्कोमा रोशन लिम्बूको हत्या प्रकरणमा उनी दोषी ठहर भएका थिए ।

घटनामा प्रयोग भएको तरबारबाट लिम्बूको मृत्यु भएको थियो । यसअघि गोर्खालीले जेलमा करिब १० वर्ष बिताइसकेका छन् ।

यसका साथै उनी विभिन्न आपराधिक प्रकरणमा पटकपटक पक्राउ परेर छुट्दै आएका छन् । बैंकिङ कसुरसम्बन्धी अनुसन्धानले उनको क्रियाकलाप र राजनीतिक सक्रियतासँग सम्बन्धित नयाँ आयाम पनि उजागर गर्न सक्ने प्रहरीको आशंका छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x