शुक्रबार, कार्तिक ७, २०८२
Friday, October 24, 2025

प्रमुख सचेतकहरूको बैठक सकारात्मक : संसद् बैठक सुचारू हुने

काठमाडौं– सभामुख र दलका प्रमुख सचेतकहरूको बैठक सकारात्मक रूपमा टुंगिएको छ।

सदनको अवरोध हटाउने सहमति खोज्न भएको छलफलमा विपक्षी दलहरू गृहमन्त्री रमेश लेखकलाई बोल्न दिन तयार भएका छन्।

गृहमन्त्रीको जवाफमा चित्त बुझे दलीय आधारमा धारणा राखेर सदन सुचारु गर्ने सहमतिका साथ प्रमुख सचेतकहरू उठेको स्रोतले बतायो।

अहिले विपक्षी दलहरू आन्तरिक छलफलमा जुटेका छन्।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामालाई बटमलाइन बनाएर विपक्षी दलले निरन्तर सदन अवरोध गर्दै आएका थिए। सँगै उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने र प्रधानमन्त्रीले जवाफ दिनुपर्ने उनीहरूको शर्त थियो। यसअघि गृहमन्त्रीलाई बोल्न नदिएका विपक्षीहरू आफ्नो अडानमा पछि हट्दै आजको बैठकमा बोल्न दिन तयार भएका हुन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x