आज २०.७५ अंकले घट्यो नेप्से परिसूचक, बजार २६४२.१५ बिन्दुमा
काठमाडौँ । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । मंगलबार नेप्से परिसूचक २०.७५ अंकले घटेर २६४२.१५ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३५४ कम्पनीको २ करोड ५ लाख ५९ हजार ५५ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ८ अर्ब ३६ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार रिडी पावर कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको ५३ करोड ३६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको बजारमा सालपा विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
यता, सुपरमाई हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।


WRITE COMMENTS FOR THIS ARTICLE