एमालेका कार्यकर्ताले सैनिक मुख्यालय अगाडि जेन-जीका कार्यकर्ता कुटे

काठमाडौं – सैन्य मुख्यालय (जंगी अड्डा) मा अन्तरिम प्रधानमन्त्री छान्नका लागि नेपाली सेना र जेन–जीका प्रतिनिधिबीच छलफल चलिरहँदा बाहिर भने जेन–जीका दुई समूहबीच हानाहान भएको छ ।
सो घटनामा एमालेका कार्यकर्ता प्रेम लामासमेत संलग्न रहेको पाइएको छ । लामा अनेरास्ववियुका केन्द्रीय समिति सदस्य हुन् ।
सेनाको मुख्यालय अगाडि भेला भएका उनीहरूबीच अन्तरिम सरकारको प्रमुख तोक्ने विषयमा झडप भएको हो । कसैले प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम प्रस्ताव गरेको थियो भने अर्को समूहले उक्त प्रस्ताव अस्वीकार गरेको थियो ।
कसैले कुलमान घिसिङ, कसैले हर्क साम्पाङको नाम लिइरहेका छन् भने कसैले वालेन्द्र साह (बालेन) लाई नै बनाउनु पर्ने बताइरहेका छन् ।
कसैले भने आफूहरुले यति ठूलो आँधीबेहरी ल्याएर सरकार ढालेको भन्दै आफूहरुकै बीचबाट हुनुपर्ने माग गरिरहेका छन् ।
WRITE COMMENTS FOR THIS ARTICLE