बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

सञ्चारमन्त्री गुरुङको घरमा आगजनी, प्रचण्ड निवासमा आक्रमण, देउवा निवासतर्फ भीड

 काठमाडाैं – प्रहरीको बर्बर दमनबाट १९ युवाको ‘हत्या’पछि जेनजी आन्दोलन थप आक्रमक भएको छ।

सरकारी दमन र कर्फ्यूको अवज्ञा गर्दै सडकमा उत्रिएका आक्रोशित प्रदर्शनकारीहरूले सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा आगजनी गरेका छन् भने माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा आक्रमण गरेका छन्।

ललितपुरको सुनाकोठीस्थित मन्त्री गुरुङको निवासमा पुगेको भीडले सुरुमा ढुंगामुढा गरेको थियो। प्रहरीको सामान्य घेरा तोडेर अघि बढेको समूहले घरमा आगो झोसेको हो। सुरक्षा अधिकारीहरूले आगो नियन्त्रणमा लिएका छन्।

यसैगरी, अर्को समूह माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को खुमलटारस्थित निवासमा पुगेर गेट तोडफोड गर्दै भित्र पस्ने प्रयास गरिरहेको छ।

अर्कोतर्फ, कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासतर्फ अघि बढेको भीडलाई प्रहरीले कृष्णपाटी चोकमा रोकेको छ, जहाँ प्रदर्शनकारीको संख्या बढ्दो छ भने प्रहरीको उपस्थिति न्यून छ।

सरकारले लगाएको अनिश्चितकालीन कर्फ्यूका बावजुद राजधानीका सडकमा बिहानैदेखि कलङ्की, बल्खु, जमल लगायतका चोक-चोकमा टायर बालेर प्रदर्शन गरिरहेका युवाहरूको आन्दोलन अब शीर्ष नेताका निवासतर्फ सोझिएको हो।

हिजोको बर्बर दमन र १९ जनाको मृत्युले आक्रोशित भीड नियन्त्रण बाहिर गएको र राज्य संयन्त्र पूर्ण रूपमा असफल भएको देखिन्छ।

नेताका घरमाथिको आक्रमणको यो सिलसिला काठमाडौंमा मात्र सीमित छैन। हिजो मात्रै बुटवलमा रहेको कांग्रेस नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँणको घरमा पनि प्रदर्शनकारीले तोडफोड गरेका थिए।

एकातिर सडकमा हिंसा र अराजकता फैलिएको छ भने अर्कोतिर सत्तारुढ दलभित्रैबाट कांग्रेस महामन्त्री गगन थापा र विपक्षी दलहरूले प्रधानमन्त्रीको राजीनामा माग गर्दै सरकारको वैधानिकतामाथि नै प्रश्न उठाएका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x