शुक्रबार, चैत्र २९, २०८१
Friday, April 11, 2025

अहिले विभिन्न तवरबाट संघीयता र नयाँ व्यवस्थालाई असफल बनाउने प्रयास भइरहेको छ–अध्यक्ष नारायणप्रसाद दाहाल

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपाली जनताको बलिदान र त्यागबाट आएको संविधानलाई कमजोरी बनाउने सोच राख्नु पनि गलत हुने बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित संघीयता, राष्ट्रियसभा र अगामी कार्यभार विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले, नेपाली जनताले विभिन्न समयमा गरेको आन्दोलन, बलिदान, त्याग र तपस्याको योगबाट पैदा भएको यो संविधानसभा र त्यो संविधानसभाबाट निर्माण गरिएको यो संविधान कसैले सजिलै लहरको भरमा भन्दिएर कमजोर हुन्छ कि भन्ने सोच राख्नु गल्ति हुने बताए ।

उनले भने, ‘नेपाली जनताले विभिन्न समयमा गरेको विभिद् प्रकारको आन्दोलनहरु त्यो बलिदान, त्याग, तपस्याको योगबाट पैदा भएको यो संविधानसभा र त्यो संविधानसभाबाट निर्माण गरिएको यो संविधान हो । यो कसैले सजिलै लहरको भरमा भन्दिएर कतै यो कमजोर हुन्छ कि भन्ने सोच राख्नुपनि गल्ति हुन्छ ।’

संघीयताको विषयमा सबै चिन्तीत भएतापनि संघीयता कार्यान्वयन नभएकोे विषयमा अलि बढि चिन्ता पैदा भएको बताए ।

उनले भने, ‘संघीयताको विषयमा हामी सबै चिन्तीत नै छौं । संघीयता कार्यान्वयन भएको छैन् भन्ने विषयमा अलि बढि चिन्ता हो । संघीयताप्रति वितृष्णा पैदा गर्नेहरुको जमात त्यस्तो होइन् । हामी आफैले संघीयता कार्यान्वयन गर्ने सन्दर्भमा भोगिएका अप्ठ्यारा स्थितिहरुको कारणले पैदा भएका कतिपय विषयवस्तुले गर्दा यो खालको समस्या आएको हो ।’

उनले अहिले पनि विभिन्न तवरबाट संघीयता र नयाँ व्यवस्थालाई असफल बनाउने प्रयास भइरहेको बताए ।

त्यस्तै, उपाध्यक्ष विमला घिमिरेले समस्या मात्र देखाउने भन्दा पनि भएका उपलब्धीहरुलाई उजागर, त्यसको प्रचार र त्यो आम जनतामा पु¥याउन आवश्यक रहेको बताए ।

उनले राष्ट्रिय सभा कमजोर सभा हो, हामी कमजोर सभाको सदस्य हौं भन्ने कुरा आउँने गरेको भन्दै आपत्ति जनाइन् । उनले राष्ट्रिय सभाले स्थानिय तहदेखि सिङ्गो प्रदेशको प्रतिनिधित्व गरेको भन्दै एउटा क्षेत्रको प्रतिनिधित्व गरेकोलाई ठूलो र सिङ्गो प्रदेशलाई प्रतिनिधित्व गरेको चाँही सानो कसरी भनेर प्रश्न समेत गरिन् ।

उनले भनिन्, ‘समस्या त जहाँ पनि हुन्छन्, तर समस्या मात्र देखाएर हुँदैन् । भएका उपलब्धीहरुलाई हामीले उजागर, त्यसको प्रचार गर्न र त्यो आम जनतामा पुर्याउन जरुरी छ । राष्ट्रिय सभा कमजोर सभा हो । हामी कमजोर सभाको सदस्य हौं भन्ने कुरा हामी आफूले आफैलाई भन्न आवश्यक छैन् । त्यो सत्य पनि होईन् । राष्ट्रिय सभाले स्थानिय तहदेखि सिङ्गो राष्ट्रको प्रतिनिधित्व गरेको छ । अनि एउटा क्षेत्रको प्रतिनिधित्व गरेकोलाई ठूलो र सिङ्गो प्रदेशलाई प्रतिनिधित्व गरेको चाँही सानो कसरी ? यो कुरा नै सुधार्न जरुरी छ ।’

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x