बिहिबार, असार ३२, २०८३
Thursday, July 16, 2026

सरकारले ल्याउने तयारी गरेका १६६ विधेयकको सूची कानूनमन्त्री गौतमले पेश गरिन

काठमाण्डाैं – कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाललाई भेट गरी सरकारले संघीय संसदमा ल्याउने तयारी गरेका १६६ वटा विधेयकको सूची बुझाएकी छन् ।

अध्यक्ष दाहालले सरकारले संघीय संसदमा पेश गर्ने विधेयकहरूको तयारी गरिरहेको थाहा पाउँदा खुसी लागेको बताए ।

उनले संविधानको कार्यान्वयनका लागि थुप्रै कानुनहरू निर्माण गर्न बाँकी रहेको र संघीय संसद्लाई बिजनेश आवश्यक भएकाले उल्लेख गर्दै सरकारको तर्फबाट जतिसक्यो छिटो विधेयक पेश गर्न आग्रह गरे । छिटोछरितो ऐन कानुन निर्माण गरी देश र जनतालाई थप सहज गराउन र कानुनी व्यवस्थाको प्रत्याभूति दिलाउन सबैको सकारात्मक पहलकदमी जरुरी रहेको बताए ।

सरकारले जतिसक्यो छिटो र धेरै विधेयक संसद्मा पेश गर्दा कानुन निर्माणको काममा संघीय संसद्ले कुनै ढिलाइ नगर्ने बताए ।

सो अवसरमा संघीय संसद्मा पेश गर्ने विधेयकहरूको प्राथमिकता समेत गरेर तयारी गरिरहेको भन्दै कानून मन्त्री गौतमले संसद्लाई बिजनेशविहीन हुन नदिने बताइन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x