आइतवार, बैशाख १३, २०८३
Sunday, April 26, 2026

नेपालको पहिलो जित, हुरिकेन्स ६६ रनले पराजित

काठमाडौं – अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपालले आफ्नो चौथो खेलमा होबर्ट हुरिकेन्सलाई पराजित गरेको छ । आज भएको खेलमा नेपालले हुरिकेन्सलाई ६६ रनले पराजित गरेको हो । यो सिरिजमा नेपालको पहिलो जित हो ।

नेपाल यसअघि खेलेका तीनवटै खेलमा पराजित भएको थियो । नेपाल नर्दर्न टेरिटोरी स्ट्राइकरसँग ४२ रन, बङ्गलादेश ‘ए’सँग ३२ रन तथा मलेबर्न स्टार्स एकेडेमीसँग ३१ रनले पराजित भएको हो ।

अस्ट्रेलियाको काजालिस एरिनामा १८१ रनको लक्ष्य पछ्याएको हुरिकेन्स १६.१ ओभरमा ११४ रन बनाउँदै अलआउट भएको हो । नेपालका तीव्र गतिका बलर नन्दन यादवको धारिलो बलिङ लामू हुरिकेन्सका ब्याटर टिक्न सकेनन् । ब्राड्ली होपले ३६ बल खेलेर सर्वाधिक ३१ रन जोडे । यसैगरी चार्ली वाकिमले २१ बलमा २८ रन तथा ज्या कर्टेनले २१ रन जोडे ।
नेपालका लागि नन्दनले ३ ओभरमा मात्र १७ रन खर्चिँदै ५ विकेट झारे । उनको यो करिअरकै उत्कृष्ट बलिङ फिगर हो । साथै सन्दीप लामिछाने, कुशल भुर्तेल, रोहितकुमार पौडेल तथा रिजन ढकालले समान एकएक विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउदै १८० रनको योगफल बनाएको थियाे । नेपालका लागि आरिफ शेखले सर्वाधिक ३३ रनको योगदान दिए । उनले २६ बलमा तीन चौका प्रहार गरे ।

त्यसैगरी आसिफ शेखले २८ बलमा दुई चौका प्रहार गर्दै २९ रन जोडे । लोकेश बमले अविजित २५ रन, कुशल भुर्तेलले २७, भीम सार्कीले १८ तथा कप्तान रोहितकुमार पौडेलले ९ रन जोडे ।

बलिङतर्फ होबर्टका निवेथन राधाकृष्णन र राफ म्याकमिलनले दुई/दुई तथा मार्कस बेन, गाबे बेल र ब्राडली होपले एक एक विकेट लिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x