शनिबार, फाल्गुन ३०, २०८२
Saturday, March 14, 2026

नागरिक समाज र जनचेतना समाजद्वारा खवरदारी सभाकाे आयाेजना

काठमाडौं – सुर्खेत वीरेन्द्रनगरकी १६ वर्षीया इनिसा विकको सामुहिक बलात्कार पछि हत्यामा संलग्नमाथि कडा कारबाही गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ । शुक्रवार काठमाडौंको माईतीघर मण्डलामा सामाजिक रूपान्तरणकालागि नागरिक समाज र जनचेतना समाज परिवर्तन नेपालका सामाजिक अभियन्ताहरूकाे अगुवाईमा  जघन्य अपराधको घटनामा संलग्नमाथि कडा कारबाही गर्न र आगामी दिनमा त्यस्तो घटना हुन नदिनका लागि सरकारलाई दबाब दिएका हुुन् ।

नागरिक समाजका अध्यक्ष यामबहादुर जि.सी.ले बलात्कारपछि भएको भनिएको वीभत्स हत्याको खबरले सिङ्गो समाज स्तब्ध भएकाे बताउँदै अपराध गर्दा अमानवीय क्रूरता देखाउने तर सजाय भोग्ने बेला नाबालक भन्दै कानुनबाट उम्किन खोज्ने प्रयास कदापि स्वीकार्य नहुने बताए । राज्यले यस घटनामा तत्काल गहिरो छानबिन र दोषीहरूलाई कडा भन्दा कडा कानुनी कारबाही गरि ईनिशालाई न्याय दिलाओस्।

यसैगरी जनचेतना समाजकी अध्यक्ष मुना निराैला त्रिपाठीले घटनाको निष्पक्ष र पारदर्शी छानबिन गरिनुपर्ने र दोषीलाई कानुनअनुसार वा कानुन नै बनाएर कडा कारबाही हुनुपर्ने बताउँदै आगामी दिनमा कुनै पनि चेलिबेटी बलात्कर हुन नहुने बताइन् । उनले भनिन्-१६ वर्षीया इनिशा बिकमाथि भएको सामूहिक बलात्कार र हत्याको घटनाले मानवता लज्जित भएको छ। यो घट्ना सुर्खेतकी इनिशा बिकको मात्र होइन, हाम्रो समाजको असफलताको घट्ना हो। अझ दुःखलाग्दो के छ भने, अभियुक्तहरूलाई उन्मुक्ति दिन उमेर घटाउने खेल हुँदैछ। के हाम्रो कानून अपराधीको साथी बन्न खोजेको? के हाम्रो समाजको छोरी यति सस्तो भइन्? इनिशाको हत्या भएको ४ दिन भयो, तर पनि न्यायको कुनै ठोस आधार देखिएको छैन। यो मौनता नै अर्को हत्या हो। इनिशाको हत्यारालाई कानूनको कठघरामा उभ्याउन सरकारले तत्काल कदम चालोस्।

आवश्यक परे कानूनमा संशोधन गरेर भएपनि हत्या, बलात्कारजस्ता जघन्य अपराधका घटना फेरि पनि हुन नपाओस् भनेर सरकारलाई दवाव दिन आफूहरुले सरकारसँग खबरदारी गर्नुपरेको सामाजिक अभियन्ता कविता चन्द सोडारीले बताइन्। उनले यस्ता जघन्य अपराधका घटनामा जिम्मेवार निकाय आफैँले संरक्षण गर्ने गरेको आफूहरुलाई आशंका लागेको भन्दै आक्रोश समेत व्यक्त गरिन् ।

सामाजिक अभियन्ता सोडारीले भनिन्,‘यो बलात्कारको घटना जुन सुर्खेतमा घट्यो । यो निकै दयनीय अवस्था छ । यस्तो खाले घटना पटकपटक भइरहँदा उपराधीहरु उत्साहित भइरहेका हुन् कि भन्ने अड्कल गर्न सकिन्छ । यो घटनामा निकै जघन्य अपराध देखिन्छ । यस्तो जघन्य अपराधको घटनामा सरकारका जिम्मेवार निकायहरुले विभिन्न घटनाहरुलाई ढाकछोप गर्ने तत्वहरुलाई निमिट्यान्न पार्नका लागि नीतिगत रुपमा नै करेक्शन गर्नुपर्छ किभनेर हामीले सामाजिक विरोधका कार्यक्रम गरेका हौँ ।’

प्रदर्शनमा उत्रिएकाहरुले इनिसालाई न्याय देउ, बालिकामाथि हुने बलात्कार, हिंसा, हत्या बन्द गरलगायत लेखिएको प्ले-कार्ड समेत प्रदर्शन गरेका थिए । उनीहरुले सरकारले महिलामाथि हुने सबै प्रकारको हिंसा अन्त्यका लागि कडा कानूनी व्यवस्था गर्न आवश्यक रहेको धारणा समेत राखेका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x