बुधबार, कार्तिक १९, २०८२
Wednesday, November 5, 2025

प्रधानमन्त्री कार्कीद्वारा मन्त्री तथा सचिवहरूलाई १४ बुँदे निर्देशन

काठमाण्डौं – प्रधानमन्त्री सुशीला कार्कीले मन्त्री तथा सचिवहरूलाई १४ बुँदे निर्देशन दिनुभएको छ । उहाँले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बैठक राखेर जेन–जी विद्रोहको मर्म र भावनाअनुसार काम गर्न र नागरिकले प्रत्यक्ष अनुभूति हुनेगरी सबै मन्त्रालयहरुले ब्लुप्रिन्ट तयार पार्न निर्देशन दिनुभएको हो ।

प्रधानमन्त्री कार्कीले सरुवा, बढुवा प्रणालीलाई पारदर्शी बनाउनेदेखि सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्न र सार्वजनिक कोषको प्रभावकारी एवम् नतिजामूलक उपयोग गर्न अर्थ मन्त्रालयले जारी गरेको परिपत्रलाई कडाइका साथ पालना गर्न पनि निर्देशन दिनुभएको छ ।

निजी क्षेत्रको मनोबल वृद्धि गरी औद्योगिक वातावरणमा सुधार गर्न आवश्यक संवाद, सहजीकरण र सहकार्य गर्न पनि प्रधानमन्त्री कार्कीको निर्देशनमा उल्लेख छ । उहाँले आन्दोलनका क्रममा क्षतिग्रस्त संरचनाको नोक्सानीको प्रतिवेदन तत्काल तयार पारी पुननिर्माणको नीति र कार्ययोजना बनाउन पनि निर्देशन दिनुभएको छ ।

यस्तै प्रधानमन्त्री काकीले चुनावको वातावरण बनाउन आफूले पहल गरिरहेको भन्दै चुनावको पूर्व तयारीका लागि आ–आफ्ना जिम्मेवारीका कार्यहरूलाई चुस्त दुरुस्त रूपमा सम्पादन गर्न मन्त्रि र सचिवहरुलाई निर्देशन दिनुभएको छ । प्रदेशमा जनशक्ति व्यवस्थापनलाई प्रभावकारी बनाउनुका साथै तीन वटै तहका सरकारबीचको समन्वयलाई थप प्रभावकारी बनाउन पनि प्रधानमन्त्री कार्कीले निर्देशन दिनुभएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x