महिलाहरूको महिनावारी अवस्थालाई चार देवीहरूको रूपमा व्याख्या गरिएको पाइन्छ:
पहिलो दिन: चाण्डालिनी, दोस्रो दिन: ब्रह्मघातिनी, तेस्रो दिन: धोबिनी, चौथो दिन: स्नान गरी शुद्धीकरण
आज भाद्र शुक्ल पञ्चमी अर्थात् ऋषि पञ्चमी हो। यो दिन विशेषगरी महिलाहरूले सप्तऋषिहरू (कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ) लाई पूजा गर्ने गरिन्छ। ऋषि पञ्चमीको इतिहास हजारौँ वर्ष पुरानो छ, र वेदिक सनातन परम्परामा महिलाको यौन तथा प्रजनन स्वास्थ्यको महत्व पनि त्यत्तिकै पुरानो छ।
महिलाहरूको महिनावारी अवस्थालाई चार देवीहरूको रूपमा व्याख्या गरिएको पाइन्छ:
पहिलो दिन: चाण्डालिनी, दोस्रो दिन: ब्रह्मघातिनी, तेस्रो दिन: धोबिनी, चौथो दिन: स्नान गरी शुद्धीकरण
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः॥
या देवी सर्वभूतेषु ज्ञानरूपेण संस्थिता।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः॥
या देवी सर्वभूतेषु दयारूपेण संस्थिता ।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः॥
अर्थ:
जो देवी सम्पूर्ण प्राणीहरूमा शक्ति, ज्ञान र दयाको रूपमा बिराजमान हुनुहुन्छ, उहाँलाई बारम्बार प्रणाम छ। हामी सम्पूर्ण सृष्टिमा व्याप्त नारी शक्ति रूपी देवीप्रति हार्दिक नमन गर्दछौं। महिनावारीलाई अस्पृश्यता र दोषको रूपमा बुझ्नु पुरातन ग्रन्थहरूको गलत व्याख्या हो। प्राचीन समयमा महिनावारीको समयमा महिलालाई आराम गर्न दिन खानपिन तथा भान्साको कामबाट विश्राम दिइन्थ्यो। तर पछि यो ‘छुने नहुने’ र ‘दोष’ को रूपमा व्याख्या गरियो, जुन गलत हो। महिलाको महिनावारी रगत नै सृष्टिको आधार हो, र सृष्टिको सार त्यहीँबाट उत्पन्न हुन्छ।
आज के गरिन्छ?
आजको दिन महिलाहरू बिहान स्नान र दैनिक क्रियाकलापपछि उपमार्ग (Upamarga) भन्ने विशेष जडीबुटी प्रयोग गरी दाँत माझ्ने र चपाउने गर्छन्। उपमार्ग नेपाली भूमिमा सजिलै पाइने वनस्पति हो, जसलाई संस्कृतमा रोगनाशक तत्व भनिन्छ। महिलाहरू १०८ वटा उपमार्गका टुक्राहरू प्रयोग गर्छन्। त्यसपछि माटोले शरीर दल्ने चलन छ। त्यसपछि नदी वा पोखरीमा स्नान गर्छन्। स्नानपछि, पञ्चभाग्य (दूध, दही, घ्यू, दुबो, कुश र गोरुको गोबर) लाई तामाको भाँडोमा राखेर एक-दुई थोपा सेवन गरिन्छ। यो पर्व महिलाको स्वास्थ्य, आत्मशुद्धि र शक्तिको सम्मान गर्ने पर्व हो।

WRITE COMMENTS FOR THIS ARTICLE