मङ्लबार, बैशाख ८, २०८३
Tuesday, April 21, 2026

अवधि सकिएपछि मात्र सत्ता हस्तान्तरण गर्नुपर्छ भन्ने छैन -प्रधानमन्त्री केपी शर्मा ओली

काठमाण्डाैं – प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले र कांग्रेसबीच भएको सहमतिअनुसार तोकिएको समयभन्दा अघि नै कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्ने बताएका छन्।

ओलीले सत्ता साझेदारीको सहमतिअनुसार देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्न आफू तयार रहेको उल्लेख गरे ।

स्पेन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले बुधबार म्याड्रिडस्थित नेपाली राजदूतको निवासमा आयोजित प्रवासी नेपाली मञ्चको कार्यक्रममा भने, ‘मैले दुई वर्ष सरकारको नेतृत्व गर्ने कुरा हो। तर, त्यो अवधि सकिएपछि मात्र सत्ता हस्तान्तरण गर्नुपर्छ भन्ने छैन। बरु १०–१५ दिन अगावै देउवाजीलाई पद सुम्पिन्छु।’

उनले कांग्रेस र एमालेबीचको गठबन्धन ०८४ सालको निर्वाचनसम्मै कायम रहने पनि बताए ।

ओलीले वर्तमान सरकारको संरचना गठबन्धनको स्पष्ट सहमतिअनुसार बनेको भन्दै सत्ता हस्तान्तरणबारे अन्योल नरहेको बताए।

‘देशमा स्थायित्वका लागि दुई ठूला दलबीच सहकार्य गरिएको हो।अहिलेको सरकार स्थायित्वका निम्ति बनाइएको हो। आगामी निर्वाचनमा एमाले र कांग्रेस प्रतिस्पर्धी हुनेछन्। त्यसैले अहिलेको सहकार्यलाई २०४६ सालको साझा आन्दोलनकै भावनाबाट हेर्नुपर्छ’, प्रधानमन्त्री ओलीले भने ।

त्यसक्रममा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो राजनीतिक सक्रियताबारे केही पनि बोलेनन् ।
ओलीले युरोपमा स्थायी र अस्थायी रूपमा बसिरहेका नेपालीलाई शुभकामना दिर्दै नेपालीलाई नेपाल फर्केर आधुनिक कृषिमा अवसर खोज्न पनि सुझाव दिए ।

संयुक्त राष्ट्रसङ्घीय विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरार्राष्ट्रिय सम्मेलनका कार्यक्रममा भाग लिन ओली असार १४ गते स्पेन गएका हुन्। उनी असार २० गते स्वदेश फर्किने तालिका छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x