बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

आज ३८ जिल्लामा बाढीको जोखिमः एल्लो वारेन्ट जारी

काठमाडाैं – आज असार १६ गते सोमबार देशका ३८ जिल्ला र आसपासका क्षेत्रमा बाढीको जोखिम रहेको छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज ३८ जिल्लामा एल्लो वारेन्ट जारी गरेको छ ।

आज कैलाली, कञ्चनपुर, बर्दिया, सुर्खेत, डोटी, डडेलधुरा, बैतडी र आसपासका जिल्ला भई वहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ ।

यस्तै संखुवासभा, ताप्लेजुङ, तेह्रथुम, भोजपुर, खोटाङ, कास्की, लमजुङ, पर्वत, गोरखा, तनहुँ, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, चितवन, बागलुङ, रोल्पा, म्याग्दी, प्युठान, गुल्मी, दाङ, बाँके, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, रुकुमपश्चिम, सल्यान, कपिलवस्तु, अर्घाखाँची, जाजरकोट, कालिकोट, मुगु, दैलेख, अछाम, बझाङ, दार्चुला र आसपासका जिल्ला भई वहने केही ससाना नदीको बहाब उल्लेख्य बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

माथि पहेँलो रङ लगाइएका ३९ जिल्लामा निम्न क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले सुझाव दिएको छ।

–पहाडी तथा चुरे क्षेत्रका भिरालि तथा पहिरोग्रस्त क्षेत्रका बस्तीहरू

–नदी किनार तथा खोला आसपासका बस्तीहरू

–मुख्य तथा सहायक सडक यातायात

–जलविद्युत् आयोजना तथा नदी क्षेत्रमा निर्माणाधीन संरचना

–कृषि क्षेत्र तथा सिँचाइ प्रणाली

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x