सरस्वती छन्त्यालकाे “दुख कहाँ जान्छर धोएर ” गीत सार्वजनिक
काठमाडाैं – रचनाकार, गायिका तथा माेडल सरस्वती छन्त्यालकाे “दुख कहाँ जान्छर धोएर “ बोलको गीत सार्वजनिक भएको छ ।
जीवन भोगाइका अनौठो यात्रामा उभिएर जीवनका हरेक उतारचढाव सँगै संघर्षका खुड्किला चाल्ने गर्दछ । जिन्दगी कहिले खुसी उमंङ्ग बोकेर त कहिले दुःख पीडा सङ्गालेर प्रगतिका पाइलाहरुमा लम्कने गर्दछ । यहाँ जीवन यथार्थका सन्दर्भमा मानव जातिका आफ्नै बुझाई र भोगाई भिन्न भिन्नै छन् । यहाँ हरेक मान्छे आफ्नै जिन्दगीका उतार चढाव सँग सम्झौता गरिरहन्छ ।
वास्तवमा जीवन र जीवनको अर्थ बुझाई फरक–फरक खालको छ । कोही भन्छन्–जीवन भोगाइ हो । कोही भन्छन्–जीवन दुई दिनको पाहुना हो ।
र म भन्छु–जीवन दुःख सुखको संगम हो । सुख त केवल पाहुना हो, दुई दिन आउँछ जान्छ तर दुःख हाम्रो साथी हो । जसले हरेक पल हरक्षण जीवनको साथी बन्छ त जीवनको अभिन्न अंग तर जीवन जिउने क्रममा हामीले हरेक दिन हरेक क्षण वा पल जिन्दगीका तिता नमिठा क्षणहरु भोगिरहेका हुन्छौं । हुन त जीवन भन्नु नै संघर्षको पाटो हो । किनकी संघर्ष विनाको जीवन असम्भव छ । तर, हामीले हाम्रो जीवन र जीवनका हरेक क्रियाकलापहरुलाई कुन तरिकाबाट बुझ्ने त हामीले हाम्रो जीवनको अर्थलाई कसरी व्याख्या र विश्लेषण गर्ने यहाँ हरेक मानिसले हरतरिकाले आफ्नो जीवन व्यतित गरेका छन्,
एउटी महिला श्रीमानले अलपत्र पारेर छोड्दा उसको दुख भोगाइ वाल बच्चा पालन पोषण गर्ने जिम्वेवारी अनि परदेशिँदा त्यहाँ भोगेको पीडा उल्टै आरोप लगाइ जेलसम्मको यातना दिंदा ती महिलाको मन कस्तो हुन्छ। यस्तै विषय बस्तुमा आधारित रहेर आफ्नै कथावस्तुलाई आफैले स्वर भरेकी छन अनी आफै अभिनय गर्न भ्याएकी छन प्रतिभाकी खानी सरस्वती छन्त्यालले भर्खरै रिलिज भएको छ गीत “दुख कहाँ जान्छर धोएर “ नामक मार्मिक शब्द र लय रहेको छ। यो गीतमा शब्द संगीत लय र पुरुष स्वरमा साथ दिएका छन गायक मोडल संगीतकार हिरा रणपाल ले। यो गितमा मोडल शीतल केसी र गायिका स्वंय सरस्वती छन्त्यालले गरेका छन। निर्देशन धनबहादुर लामा (सागर) ले गरेका छन् ।


WRITE COMMENTS FOR THIS ARTICLE