बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

इरानकाे इजरायलभर मानव रहित यान आक्रमण

इजरायली सेनाले शनिबार बिहानै देशभर आकाशमा देखा परेका इरानी मानव रहित यान (ड्रोन)हरू खसालेको बताएको छ। इजरायल रक्षा बल (आइडिएफ)का अनुसार उत्तर इजरायलका थुप्रै उपत्यकामा मानव रहित यान (ड्रोन )देखिएपछि आकाश सुरक्षा प्रणाली सक्रिय गरिएको थियो भने केही मानव रहित यान (ड्रोन)हरू दक्षिणमा रोकिएका थिए।

यसैबीच, इरानले क्षेप्यास्त्र (मिसाइल )संख्यामा कटौती गर्नु परेको इजरायलको दाबी अस्वीकार गरेको छ। सिएनएनसँग कुरा गर्दै एक वरिष्ठ इरानी अधिकारीले भने, “अब हामी संख्याभन्दा गुणस्तरमा विश्वास गर्छौं। अब उन्नत र अति सटीक क्षेप्यास्त्र हरू प्रयोग गरिरहेका छौं ।

तेहरानमा जनजीवन बिस्तारै सामान्य बन्दै गएको देखिए पनि इजरायली बमबारी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीपछि धेरै बासिन्दाहरू बाहिरिएका थिए। रातको समयमा अझै पनि आकाश सुरक्षा प्रणाली सक्रिय देखिन्छ।

शनिबार इजरायली वायुसेनाले इरानको सबैभन्दा ठूलो आणविक अनुसन्धान केन्द्र इस्फहानमा हमला गरेको इरानी प्रान्तीय उपगभर्नरले जानकारी दिए। कुनै खतरनाक पदार्थ चुहावट नभएको भए पनि नागरिकलाई सो क्षेत्रबाट टाढा रहन भनिएको छ। इस्फहान प्रान्तका अरू केही क्षेत्र पनि लक्षित भएका थिए, तर अहिलेसम्म कुनै मानवीय क्षति नभएको जनाइएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x