प्रतिनिधि सभाको बैठक बस्दै : १० वटा मन्त्रालयको विनियोजन विधेयकमाथि छलफल हुने

काठमाडौं : प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ। संसद् सचिवालयका अनुसार शनिबार बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा विभिन्न १० वटा मन्त्रालयको विनियोजन विधेयकमाथि छलफल हुने सम्भावित कार्यसूची तय भएका छन्।
सरकारले गत जेठ १५ गते संसद्मा प्रस्तुत गरेको ‘विनियोजन विधेयक, २०८२’ माथिको छलफल जारी छ । आजको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, रक्षा मन्त्रालय, खानेपानी मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको वार्षिक विनियोजन माथि छलफल हुनेछ । त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, गृह मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आगामी आर्थिक वर्षको बजेट प्रस्ताव माथि छलफल हुने कार्यसूची छ ।
त्यस्तै, विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न मन्त्रालयको खर्च कटौतीको प्रस्ताव पनि आजको बैठकमा प्रस्तुत हुनेछन् ।
WRITE COMMENTS FOR THIS ARTICLE