प्रतिनिधिसभा नियमावलीको मस्यौदा तयार
काठमाडाै -प्रतिनिधिसभाको बजेट अधिवेशन नजिक आइरहँदा प्रतिनिधि सभा नियमावली फाइनल गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ।
नियमावली मस्यौदा समितिले आज अपरान्ह सभामुख डीपी अर्याललाई बुझाउन समय लिएको हो। सभामुखले रुजु गरेपछि मात्र नियमावली फाइनल हुन्छ। यसको निर्णय आजै हुने सम्भावना छ।
प्रतिनिधिसभा सञ्चालन, समिति गठन, कामकारवाही चुस्त बनाउन नियमावली आवश्यक पर्छ। यी विषय केन्द्रित रहेर नियमावली बनाउन पराजुली नेतृत्वको समितिलाई जिम्मेवारी दिइएको थियो।


WRITE COMMENTS FOR THIS ARTICLE