एअर इन्डियाको विमान आपत्कालीन अवतरण
काठमाडौं – थाइल्यान्डको फुकेट टापुबाट भारतको दिल्ली आउँदै गरेको एअर इन्डियाको विमान आपत्कालीन अवतरण गरिएको छ ।
विमानमा बम रहेको जानकारीपछि पछि आपत्कालीन अवतरण गर्नु परेको थियो ।
एक अधिकारीले समाचार एजेन्सी रोयटर्सलाई बताएअनुसार विमान सुरक्षित अवतरण भएको छ । विमानमा १५६ यात्रु सवार थिए ।
फ्लाइट ट्र्याकर फ्लाइटराडार२४ का अनुसार विमान शुक्रबार बिहान फुकेट विमानस्थलबाट दिल्लीको लागि उडेको थियो तर अण्डमान सागरको वरिपरि ठूलो घुमाउरो बाटो लिएर फुकेट फर्किएको थियो ।
बम छ भन्ने सूचना आएपछि विमानले अन्डमान सागरमाथि ठूलो मोड लिँदै लगभग २० मिनेट पछि थाइल्यान्डको फुकेट विमानस्थलमा सुरक्षित रूपमा आपत्कालीन अवतरण भएको थियो ।
सबै यात्रु र चालक दल सुरक्षित छन्, कसैलाई पनि केही भएको छैन । बम थियो वा थिएन तथा कसले धम्की दिएको थियोलगायत विस्तृत जानकारी आइसकेको छैन ।
यसअघि लन्डन जाँदै गरेको एयर इन्डियाको उडान तीन घण्टासम्म हावामा रहेपछि मुम्बईमा फिर्ता अवतरण गरिएको थियो ।
समाचार एजेन्सी पीटीआईले फ्लाइटराडार२४ को तथ्याङ्क उद्धृत गर्दै भनेको छ, “उडान मुम्बईबाट लन्डन जाँदै थियो र बिहान स्थानीय समयअनुसार ५:३९ बजे उडान भरेको थियो ।”
एयर इन्डियाले एक विज्ञप्तिमा भनेको छ, “इरानको अवस्था र यसको हवाई क्षेत्र बन्द भएका कारण धेरै उडानहरू डाइभर्ट गरिएको छ वा तिनीहरूको मूल गन्तव्यमा फिर्ता अवतरण गरिएको छ ।”
बिहीबार अहमदाबादबाट लन्डनका लागि उडेको एयर इन्डियाको उडान दुर्घटनामा परेको थियो ।
उडान भरेको केही सेकेन्डपछि विमान बीजे अस्पतालको होस्टेलमा ठोक्कियो । विमानमा सवार २४२ जनामध्ये २४१ जनाको मृत्यु भएको छ । होस्टेलमा उपस्थित धेरै मानिसहरूको पनि मृत्यु भयो । पछिल्लो जानकारीअनुसार कुल २६५ जनाले ज्यान गुमाएका छन् ।


WRITE COMMENTS FOR THIS ARTICLE