युक्रेनमा रुसको भीषण हमला
किएभ – युक्रेनमा भएको रुसी मिसाइल तथा ड्रोन आक्रमणका कारण ९ जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएका छन् ।
राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मस्कोले नयाँ आक्रमण को तयारी गरिरहेको चेतावनी दिएको केही दिनपछि आक्रमण भएको जनाइएको छ ।
यसैगरी अन्य विभिन्न क्षेत्रमा मिसाइल र ड्रोन आक्रमण भएको रिपोर्ट गरिएको थियो ।
डिनिप्रो सहरमा भएको रुसी आक्रमणमा पाँच जनाको मृत्यु हुनुका साथै २५ जना घाइते भएको स्थानीय गभर्नर ओलेक्सान्डर गान्झाले बताएका छन् ।
मेयर इगोर तेरेखोभका अनुसार खार्किव सहरमा एक बालकसहित १० जना घाइते भएका छन् ।
यसैबीच, युक्रेनी सीमा नजिकै रुसको कुस्र्क क्षेत्रमा भएको युक्रेनी आक्रमणमा एक व्यक्तिको मृत्यु भएको क्षेत्रीय गभर्नर अलेक्जान्डर खिन्स्टेनले बताएका छन् ।
एयर अलर्टहरू मार्फत आफ्नो जीवन बचाउन आग्रह गर्दै हवाई सेवाहरू कुशलता पूर्वक काम गरिरहेको वायु सेना अन्य रक्षकहरू सधैँ जस्तै ड्युटीमा तैनाथ रहेको सूचना जारी गरिएको छ ।
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसी ब्यालेस्टिक मिसाइलहरूलाई रोक्न सक्ने प्याट्रियट मिसाइलहरूको आपूर्तिलाई अनुमति दिन र वित्त पोषण गर्न सहयोगीहरूलाई आह्वान गरेका छन् । पछिल्लो समयमा युक्रेनले पनि दैनिक रुसी बमबारीको बदलामा कब्जा गरिएका क्षेत्रहरू र सीमावर्ती रुसी क्षेत्रमाथि आक्रमण बढाएको जनाइएको छ ।


WRITE COMMENTS FOR THIS ARTICLE