बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

राजेन्द्र पाण्डेकाे आरोप अख्तियारले क्षेत्राधिकार नाघ्याे

काठमाडौं – नेकपा एकीकृत समाजवादीले पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले क्षेत्राधिकार नाघेको आरोप लगाएको छ ।

पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले नयाँ बानेश्वरस्थित संसद् भवनमा बिहीबार सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै पार्टी अध्यक्ष नेपालविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेर अख्तियारले क्षेत्राधिकार नाघेको आरोप लगाएका हुन् ।

नेता पाण्डेले नीतिगत निर्णयमा अख्तियारले हस्तक्षेप गर्न नपाउने भन्ने अदालतको फैसलाको उल्लंघन भएको बताए । ‘अहिले हाम्रो पार्टीका अध्यक्षमाथि अख्तियारले मुद्दा दर्ता गरेको छ । मन्त्रिपरिषद्को नीतिगत निर्णयमा यसरी मुद्दा दर्ता गरेको अहिलेसम्म मैले सुनेको छैन,’ उनले भने, ‘यो भन्दाअघि एउटा कुनै विषयमा कुरा उठ्दा अदालतले नीतिगत निर्णयमा मुद्दा चल्दैन भन्ने फैसला गरेको थियो । त्यसलाई उल्लंघन गर्दै अख्तियारले क्षेत्राधिकार नाघेर मुद्दा दर्ता गरेको छ ।’

विभिन्न दलहरु मिलेर सरकार बनेको भन्दै उनले सरकार चलाउने दलहरुबीचको रसायन पनि कतिसम्म टिक्ने हो ठेगान नभएको बताए । प्रधानमन्त्रीको दलले नै विपक्षी दललाई दमन गर्न खोजेको भन्दै उनले अलि दिनपछि प्रधानमन्त्रीको दल नै प्रतिपक्षमा जाने सम्भावना रहेको दाबी गरे । विपक्षी दललाई सिध्याएर आफू चाहिँ बलियो हुन्छु भन्ने कल्पना गरेको भए त्यो व्यर्थको कुरा हुने उनको भनाइ छ ।

यसैबीच नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल कानुन व्यवसायीहरुसँग परामर्शमा जुटेका छन् । रौतहटबाट काठमाडौँ फर्किएलगत्तै पार्टीका नेताहरुसँग छलफल गरेर कानुन व्यवसायीहरुसँग परामर्श थालेका हुन् । छलफलमा कानुन व्यवसायी शम्भु थापा र गोविन्द बन्दी छन् ।

अध्यक्ष नेपालसहित नेकपा एसका नेताहरुले प्रधानमन्त्री केपी ओलीकै निर्देशनमा प्रतिशोध राखेर आफूविरूद्ध मुद्दा दर्ता गरेको दाबी गर्दै आइरहेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x