बुधबार, फाल्गुन २०, २०८२
Wednesday, March 4, 2026

म तपाइहरुको नितान्त सेवक बन्नको लागि चुनावी मैदानमा होमिएको हुँ -भरत प्रसाद पराजुली

सिन्धुपाल्चोक – रास्वपा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का उम्मेदवार भरत प्रसाद पराजुली भोट माग्दै जलजले पुगेका छन। त्रिपुरासुन्दरी गाउँपालिकामा अबस्थित प्रशिद्द धार्मिकस्थल त्रिपुरासुन्दरी माइ मन्दिरको दर्शन तथा पुजाअर्चना गरि उक्त भेगका मतदाताहरुसङ्ग भेटघाट प्रारम्भ गरेका उनले २५ बर्ष अगाडि त्रिपुरासुन्दरी गाउँपालिकाको जलजले गाउमा एक सामाजिक एन जि ओ मार्फत खानेपानी ल्याइ काकाकुल जनताहरुलाइ हर्षित तुल्याएको स्थानीयहरुले स्मरण गराए साथै थुप्रै स्थानिए पाका ब्यक्तीहरुले भने- पहिला हाम्रो गाउँलाई पानी खुवाउने भरत सर घण्टी बाट उठेछ,भोट त हाल्नै परिगोनी । पालिकाको ६ नम्बर वार्ड टेकानपुर,तौथली,जलजले लगायतका स्थानीयहरुको गुनासो सुन्दै पराजुलीले भने,म तपाइहरुको नितान्त सेवक बन्नको लागि चुनावी मैदानमा होमिएको छु,एकचोटी हाम्रो नयाँ पार्टीलाई बिश्वास गर्नुहुनेछ भनी आशाबादी छु। भेटघाटको क्रममा दर्जनौ स्थानीयहरुले पराजुली समक्ष आफ्नो गाउँटोलको समस्याहरु प्रस्तुत गरेका थिए। अधिकांश स्थानीयहरुको एउटै आवाज थियोकी पुराना दलहरु धेरैलाइ हेरियो ,गरिब दुखीहरुको दैनिकी कहिल्यै फेरिएन अब तपाइहरुलाइ एक मौका दिनेछौ के कस्तो रिजल्ट दिनुहुन्छ,भोलिको दिन त्यसैले निर्धारण गर्नेछ। मतदाता भेटघाट कार्यक्रममा पराजुलीसङ्गै रास्वपाकि सिन्धुपाल्चोक समानुपातिक उम्मेदवार मिरा महर्जन समेत सहभागी थिइन। (एन्टिना घनश्याम)

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x