शुक्रबार, कार्तिक २, २०८१
Friday, October 18, 2024

संविधान संशोधन लोकतन्त्रको बिरूद्ध हुने छैन–देउवा

काठमाडौं,– प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संशोधनमार्फत संविधान सुधारिने बताएका छन् ।

मङ्गलबार कांग्रेसद्वारा काठमाडौंमा आयोजित संविधानविशेष कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले यस्तो प्रण गरेका हुन् ।

“संशोधनमार्फत संविधान सुधार्ने हो,” देउवाले भने, “यो लोकतन्त्र वा प्रजातन्त्रको खिलापमा हुने छैन । हामी सबै प्रजातन्त्रको पक्षमा लडेका मान्छेहरू छौँ । त्यसमा शङ्का नगर्नु ।”

फरक प्रसङ्गमा देउवाले प्रदेश संरचनालाई अझ बलियो बनाउनुपर्ने बताए । “प्रदेश संरचना लागू भइसकेको छ । अब यसलाई हटाउने कुरा भएन । त्यसलाई कसरी अझ अकाउन्टेबल बनाउने भन्ने कुरा प्रमुख हो । हामी त्यसैगरी अगाडि बढ्ने हो,” उनले भने ।

उनले समावेशी, समानुपातिक व्यवस्थालाई हटाउनेबारे सोच्न नसकिने बताए । “कतिपय समुदाय आफैँ प्रत्यक्ष निर्वाचन जित्न नसक्ने अवस्थामा छन् । उनीहरूलाई सँगसँगै लिएर हिँड्नुपर्नेछ । उनीहरूको समान सहभागिताका लागि पनि समानुपातिक व्यवस्थालाई हटाउने कुरा भएन । यसलाई अझ प्रभावकारी बनाउने हो,” उनले भने ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x