बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

मनसुनले निम्त्याउने विपद् व्यवस्थापन पूर्वतयारीबारे छलफल

काठमाडौं –मनसुनले निम्त्याउने विपद् व्यवस्थापनका लागि पूर्वतयारीबारे छलफल गरिएको छ । काठमाडौका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीको अध्यक्षतामा ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०८२’ विषयक कार्यक्रम सम्पन्न भएको हो ।

जिल्ला विपद् व्यवस्थापन समिति काठमाडौंको आयोजनामा भएको कार्यक्रममा विपद् व्यवस्थापन सुरक्षा युनिट, काठमाडौँ जिल्लाका विभिन्न स्थानीय तहका जन प्रतिनिधि, सडक डिभिजन कार्यालयका प्रमुख तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

मनसुन सुरु हुनु पूर्व नै पूर्वतयारी तथा प्रतिकार्य योजना २०८२ को मस्यौदालाई अन्तिम रुप दिनका लागि सल्लाह सुझाव संकलन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारीले बताए । उनले आगामि २ दिन भित्रमा थप सुझाव सल्लाह भएमा पठाउन आग्रह समेत गरे । भण्डारीले बैठकमा काठमाडौमा विपद्को अवस्थाबाट जानकारी गराएका थिए ।

कार्यक्रममा काठमाडौँका प्रमुख जिल्ला अधिकारी तिवारीले सम्पूर्ण क्षेत्रको सल्लाह सुझावलाई समेटेर मस्यौदालाई अन्तिम रुप दिने बताए । उनले उद्धार तथा पूर्व अभ्यास गर्ने, तिन तहकै सरकारसंग समन्वय गरेर आगामी योजनाहरु बनाइरहेको बताए ।

छलफल कार्यक्रममा सहभागि विभिन्न क्षेत्रका प्रतिनिधिहरुले पूर्व तयारीबारे सबै क्षेत्र सचेत हुनुपर्ने बताएका छन् । विशेष गरी काठमाडौँको बागमती नदी, धोबी खोला, मनोहरा खोला, विष्णुमति नदी किनारमा बाढी जोखिम धेरै हुने भएकाले अहिले देखि नै सतर्कता अपनाउनुपर्नेमा सहभागिहरुले जोड दिए । जसको लागि पूर्व सूचना प्रर्णालीको विकास गर्नुपर्ने, जोखिमपूर्ण बस्तीलाई व्यवस्थित रुपमा स्थानान्तरण गर्नुपर्नेमा जोड दिएका थिए ।

गत वर्षको असोजमा आएको बाढी र उद्धारबाट पाठ सिक्दै आगामि दिनमा थप रणनीति तयार पार्नुपर्नेमा सहभागिहरुको भनाई थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x