सरकार र आन्दोलनरत शिक्षक महासंघबीच आज वार्ता हुँदै

काठमाडौं : सरकार र आन्दोलनरत शिक्षक महासंघबीच आज वार्ता हुने भएको छ। नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले आज वार्तामा बोलाएपछि शिक्षक महासंघका पदाधिकारी वार्ताका लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा पुगेका छन्।
नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीको नेतृत्वमा २५ जना वार्तामा सहभागी हुँदैछन्। सरकारको तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, शिक्षा सचिव दिपक काफ्ले लगायत उपस्थित हुनेछन्।
मन्त्रालयले शिक्षकहरूलाई तीन बजे वार्ताका लागि बोलाएको हो।
सर्वोच्च अदालतले बुधबार तीन दिनभित्र विद्यालयमा फर्किने वातावरण बनाउन निर्देशन दिएको थियो।
शिक्षामन्त्री पन्तले संवाद तथा छलफल गरी सामूहिक रुपमा समाधानका उपाय खोज्न यथाशीघ्र वार्ताका लागि शिक्षक महासंघलाई वार्तामा आउन आह्वान गरेका थिए।
WRITE COMMENTS FOR THIS ARTICLE