बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

अलपत्र यात्रुलाई गन्तव्यसम्म पुर्‍याउनको लागि स्कर्टिङ

काठमाडौं – पोखरामा अलपत्र परेका यात्रुलाई गन्तव्यसम्म पुर्‍याउनको लागि आइतबार पनि स्कर्टिङ गरिएको छ ।

सार्वजनिक यातायात बचाउ संघर्ष समिति गण्डकी प्रदेशले जेठ १६ गते देखि गण्डकी प्रदेशमा सार्वजनिक यातायात बन्द गरेपछि पोखरामा अलपत्र परेका यात्रुहरूलाई जेठ १८ गते आइतबार बिहान १० बजेदेखि २५ वटा पर्यटक बसमा स्कर्टिङ गरेर गन्तव्यमा पुर्‍याउन लागिएको हो।

सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) सह-प्रवक्ता शैलेन्द्र थापाका अनुसार सशस्त्र प्रहरी बल नेपाल नं.२४ कालिका गण कास्की र नेपाल प्रहरीको संयुक्त टोलीले पोखराबाट जिल्लाको सिमाना कोत्रेसम्म स्कर्टिङ गर्ने छ भने त्यहाँबाट नं. २३ मनकामना गण तनहुँले स्थानीय नेपाल प्रहरीसहित स्कर्टिङ गरी मुग्लिनसम्म ल्याउनेछ।

 

गण्डकी प्रदेश र बागमती प्रदेशको सिमानासम्म स्कर्टिङ गरी यात्रुहरूलाई सुरक्षित रुपमा उनीहरूको गन्तव्य स्थानसम्म पुर्‍याइने छ । २५ वटा बस चितवन र काठमाडौंको लागि छुटेका हुन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x