एमालेकाे सचिवालय बैठक भाेली बस्ने
काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मंगलबार बिहान ९ बजे पार्टी सचिवालय बैठक बोलाएका छन् ।
पार्टी केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार बैठक च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्नेछ ।
बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारी, उम्मेदवारी सिफारिस प्रक्रिया र अन्य समसामयिक मुद्दाहरूमा केन्द्रित भएर छलफल हुने सम्भावना रहेको छ ।


WRITE COMMENTS FOR THIS ARTICLE