शनिबार, बैशाख ६, २०८२
Saturday, April 19, 2025

प्रभु बैंकका सेवाग्राहीहरुलाई गोरखा गार्डन होटलमा छुट सुविधा पाउने

काठमाडौं : प्रभु बैंकका सेवाग्राहीहरुले गोरखा गार्डन होटलमा छुट सुविधा पाउने भएका छन् ।

प्रभु बैंक र गोरखा गार्डन होटल बीच व्यवसायिक साझेदारीको लागि आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरु लक्षित गरी उपलब्ध सेवाहरुमा छुट प्रदान गर्ने सम्झौता भएको हो ।

गोरखा नगरपालिका वडा नं.६ अर्घलेमा रहेको होटलको र प्रभु बैंकबीच वैशाख २ गते गोरखा गार्डन होटल प्रालिका तर्फबाट अध्यक्ष सुरेन्द्र कुंवर र प्रभु बैंकको तर्फबाट प्रमुख प्रदेश अधिकृत–गण्डकी प्रदेश राजु रानाले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले बैंकको डेबिड-क्रेडीट कार्ड तथा बैकंको अन्य कुनै विद्युतीय माध्यमद्वारा बिल भुक्तानी गर्दा गोरखा गार्डन होटलमा उपलब्ध आवास, खाना तथा मनोरञ्जन लगायतका सेवाहरुमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । गोरखाको मुटुमा अवस्थित, गोरखा गार्डेन होटल आरामदायी बसाइको लागि न्यानो, परिवारमैत्री वातावरण, आरामदायी आवास र असाधारण सेवाको साथ मिश्रित नयाँ गन्तव्य भएको अध्यक्ष सुरेन्द्र कुंवरले बताए ।

प्रभु बैंक तथा गोरखा गार्डन होटलबीच भएको साझेदारीले गोरखाको पर्यटनको प्रवद्र्धन हुनुका साथै प्रभु बैंक लिमिटेडका सेवाग्राही पनि लाभान्वित हुने होटलले विश्वास लिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x