शनिबार, भदौ २७, २०८३
Saturday, September 12, 2026

एमाले ‘पार्टी पुनर्गठन कार्यदल’ को बैठक सुरु

काठमाडौं -नेकपा एमालेको ‘निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यदल’को बैठक  सुरुभएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको हो ।  यसअघिको बैठकमा सहभागी हुनुभएका पार्टी अध्यक्ष केपी शर्मा ओली भने आजको बैठकमा सहभागी नहुने हुनुभएको छ।

अध्यक्ष ओलीका सचिवालय प्रमुख एवं केन्द्रीय सदस्य निरु पालले कार्यदलको बैठकमा अध्यक्ष जाने कार्यक्रम नरहेको जानकारी दिनुभयो।

आजको बैठकमा कार्यदलभित्र दुई वटा भिन्न प्रतिवेदन पेस हुने भएपछि छलफल कसरी अघि बढाउने भन्ने विषय पेचिलो बनेको छ। यसअघि कार्यदलका सदस्यसचिव एवं महासचिव शंकर पोखरेलले ६५ पृष्ठको प्रतिवेदन तयार पार्नुभएको थियो। उक्त प्रतिवेदनमा संकटका बेला पार्टी नेतृत्वमाथि अनावश्यक आरोप लगाइएको भन्दै अध्यक्ष ओलीले असन्तुष्टि जनाएपछि प्रतिवेदन सम्पादनको जिम्मेवारी भदौ ४ गते संयोजक रामबहादुर थापा ‘बादल’ र नेता प्रदीप ज्ञवालीलाई दिइएको थियो।

संयोजक बादलले महासचिव पोखरेलको प्रतिवेदनलाई सम्पादन गरी ३९ पृष्ठको नयाँ प्रतिवेदन तयार पार्नुभएको छ। आजको बैठकमा दुवै प्रतिवेदन पेस हुने देखिएको छ।

कार्यदलभित्र पोखरेल पक्षधर सदस्यहरूले महासचिवले पहिले नै तयार पारेको मूल प्रतिवेदनमाथि नै छलफल हुनुपर्ने अडान राखेका छन् भने बादल पक्षका सदस्यहरूले भने संयोजकले सम्पादन गरी ल्याएको प्रतिवेदनलाई नै आधार मानेर छलफल अघि बढाउनुपर्ने धारणा राख्दै आएका छन्। कार्यदलको अघिल्लो निर्णयअनुसार सदस्यसचिवले प्रतिवेदन तयार गरी कार्यदलमा छलफल गरेपछि मात्रै नेतृत्वलाई बुझाउने तय भएको थियो।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x