मन्त्रिपरिषद् बैठक आज बस्दै, गभर्नर नियुक्त गर्ने सम्भावना

काठमाडौं : मन्त्रिपरिषद् बैठक आज बस्दै छ । आजको बैठकले गभर्नर छनौट समितिलाई पूर्णता दिइने जनाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवाबीच यसै साता नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने सहमति भएको छ ।
ओली र देउवा यसअघि नै डा.गुणाकर भट्टलाई नेपाल राष्ट्र बैंकको गभर्नर बनाउन सहमत भइसकेका छन्। गभर्नर नियुक्तिका लागि सरकारले अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा विजयनाथ भट्टराई र विश्व पौडेल सदस्य सहेको सिफारिस समिति गठन गरेको थियो। तर, सिफारिस समितिका सदस्य विजयनाथ भट्टराईले राजीनामा दिएका छन्।
सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले सिफारिस समितिको रिक्त पदमा एक सदस्य नियुक्त गर्ने र बिहीबारसम्म गभर्नर नियुक्त गरिसक्ने समझदारी नेताहरूबीच बनेको छ।
यसैबीच सरकारले गभर्नर नियुक्तीका लागि अर्थमन्त्री बिष्णु पौडेलको संयोजकत्वमा गठन गरेको छनौट समितिलाई पूर्णता दिन पूर्व गभर्नर डा. तिलक बहादुर रावल र चिञ्जीवी नेपालको नाममाथि छलफल अघि बढाएको छ।
समितिका बिज्ञ सदस्य पूर्व गभर्नर बिजयनाथ भट्टराईले राजीनामा दिएपछि छनौट समिति अप्ठ्यारोमा परेको थियो । छनौट समितिलाई पूर्णता दिन पूर्व गभर्नर मध्यबाट एक जनालाई मन्त्रिपरिषदबाटै नियुक्त गर्नुपर्ने कानुनी व्यवस्था छ ।
सत्ता गठबन्धन नेपाली कांग्रेस र नेकपा एमालेका बीचमा गभर्नर नियुक्तीका गठित छनौट समितिमा पूर्व गभर्नरहरु डा. तिलक बहादुर रावल र डा. चिरञ्जीवी नेपाल मध्येबाट एक जनालाई नियुक्त गर्नेबारे छलफल भएको छ ।
समितिले पूर्णता पाएपछि कार्यविधि बनाई १५ दिने सूचना मार्फत आवेदन माग गरी एक जना डेपुटी गभर्नर सहित तीन जना योग्य उम्मेवारलाई सिफारिस गर्नुपर्ने कानुनी व्यवस्था छ । मन्त्रिपरिषदले सोही छनौट समितिले सिफारिस गरेका ३ जनामध्ये एक जनालाई गभर्नर नियुक्त गर्नेछ ।
WRITE COMMENTS FOR THIS ARTICLE