शनिबार, बैशाख ६, २०८२
Saturday, April 19, 2025

शिक्षक महासंघको आन्दोलनमा निजामती कर्मचारीहरूले पनि समर्थन जनाए

काठमाडौं : शिक्षक महासंघको अगुवाइमा  जारी आन्दोलनमा निजामती कर्मचारीहरूले पनि समर्थन जनाएका छन् ।

राजपत्र अनंकित संरक्षण अभियान आज एक विज्ञप्ति प्रकाशन गर्दै शिक्षक कर्मचारीको माग पूरा गर्न सरकारलाई अनुरोध गरेको छ । अभियानका संयोजक ध्रुवराज ज्ञवालीद्धारा प्रकाशित विज्ञप्तिमा “विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विद्यालय शिक्षा विधेयक, २०८० संसदमा विचाराधीन रहेको छ । ऐन जारी गर्न ढिलाई गरिएको तथा प्रस्तावित विधेयकमा शिक्षण क्षेत्रमा रहेका विद्यमान समस्या समाधानको स्पष्ट व्यवस्था नगरिएको, शिक्षक तथा विद्यालयका कर्मचारीहरूको वृत्ति विकासलाई बेवास्ता गरिएको, ट्रेड युनियन अधिकार कटौती गरिएको भन्दै आफ्ना माग सम्बोधन गरी यथाशीघ्र ऐन जारी गर्न दवाव दिनका लागि शिक्षक महासङ्घको अगुवाइमा २०८१ चैत्र २० गतेदेखि भइरहेका आन्दोलनका कार्यक्रममा ऐक्यबद्धता प्रकट गर्दछौँ ” भनिएको छ ।

विज्ञप्तिमा शिक्षण पेशा र शैक्षिक क्षेत्रलाई मर्यादित एवम् प्रतिष्ठित बनाउन आवश्यक भएकाले शिक्षकहरूले उठाउँदै आएका वृत्ति विकासलगायत मागहरूको यथोचित सम्बोधन गर्न नेपाल सरकारलगायतका सम्बन्धित निकायलाई हार्दिक अनुरोध गरिएको छ ।

यसका साथै संघीय निजामती सेवा ऐनको अभावमा नेपालको निजामती प्रशासन पनि अन्योलताको अवस्थाबाट गुज्रिरहेको भन्दै अभियानले उठाउँदै आएका मागहरूको सम्बोधन हुने गरी यथाशीघ्र संघीय निजामती सेवा ऐन जारी गर्न माग गरिएको छ । मागहरू पूरा नभएमा विरोध तथा आन्दोलनका कार्यक्रम अगाडि बढाउन बाध्य हुने भएकाले यसबाट उत्पन्न हुने परिस्थितिको आकलन गरी आन्दोलनको अवस्था सिर्जना हुन नदिन नेपाल सरकारसमक्ष जोडदार माग गरिएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x