बुधबार, फाल्गुन २०, २०८२
Wednesday, March 4, 2026

ओलीको स्थान हद फुकुवा

काठमाडौं – भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको विदेश भ्रमण रोक र स्थान हद फुकुवा गरेको छ ।

सोमबार आयोगले उनीमाथि लगाइएको बन्देज फुकुवाको गरेको आयोगका सदस्य एवं प्रवक्ता विज्ञान राज शर्माले जानकारी दिएका छन् ।

आयोगले घटनाको जाँचबुझ तथा छानबिनको सिलसिलामा तत्कालीन प्रधानमन्त्री ओलीलाई विदेश भ्रमणमा रोक र अनुमतिबेगर काठमाडौं उपत्यका छाड्न नपाउने गरी असोज १२ मा निर्णय गरिएकोमा सोधपुछ लगायत बुझ्ने कार्य सकिएकाले उक्त निर्णयको औचित्य समाप्त भइसकेको भन्दै फुकुवा गरिएको उल्लेख गरेको छ ।

ओलीलाई आयोगले आइतबार बयानको पत्र काटेकोमा पत्र लिएर आफ्नो निवास गुण्डु गएको आयोगको टोलीलाई उनले लिखित बयान पठाएका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x