शनिबार, बैशाख ६, २०८२
Saturday, April 19, 2025

जनमत र नागरिक उन्मुक्ति पार्टी एकता प्रक्रियाको अन्तिम चरणमा

काठमाडौं : प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई दल जनमत र नागरिक उन्मुक्ति पार्टी एकता प्रक्रियाको अन्तिम चरणमा पुगेका छन् । आइतबार एकता प्रक्रिया टुंग्याउन बर्दियाको मधुवनमा दुई दलले बनाएको कार्यदलको बैठक बसिरहेको छ ।

जनमतले कार्यदलमा उपाध्यक्ष एवं सांसद अब्दुल खान, शरदसिंह यादव र बालगोविन्द चौधरीलाई राखेको छ । त्यस्तै नाउपाले बनाएको कार्यदलमा गंगाराम चौधरी, सुनिता चौधरी र रामलाल डंगौरा रहेका छन् । कार्यदलले आइतबार बेलुकासम्म एकीकरणको खाका तयार पार्ने उपाध्यक्ष खानले बताए । कार्यदलको खाकाअनुरूप जनमतका अध्यक्ष सीके राउत र नाउपाका संरक्षक रेशम चौधरीले एकतालाई अन्तिम रूप दिने बताइएको छ ।

एकतापछिको नाम ‘नागरिक जनमत पार्टी’ राख्ने विषयमा करिब-करिब सहमति भएको पनि नेताहरूले बताएका छन् । त्यस्तै चुनाव चिह्न भने ‘ढकिया’ राख्ने विषयमा छलफल भइरहेको छ । गत चुनावमा नाउपा ‘ढकिया’ र जनमत ‘माइक’ चिह्न लिएर प्रतिस्पर्धा गरेका थिए । नयाँ शक्तिहरूबीच विचारका आधारमा एकता गर्ने भन्दै दुई दलले एकीकरणको प्रक्रिया थालेका हुन् ।

गत प्रतिनिधिसभा चुनावमा नागरिक उन्मुक्ति पार्टीले प्रत्यक्षतर्फ ४ र जनमतले १ सिट जितेको थियो । जनमतले समानुतिकतर्फ ५ सिट जितेको थियो । प्रदेशतर्फ सबैभन्दा बढी सुदूरपश्चिममा नाउपाका ७ सांसद छन् । त्यस्तै लुम्बिनीमा ४ र मधेशमा १ सांसद छन् । त्यस्तै मधेशमा जनमतका १३ र लुम्बिनीमा ३ सांसद छन् । १०७ सदस्यीय मधेश प्रदेशसभामा १४ सांसदसहित एकीकरणपछि पनि चौथो दलका रूपमा रहनेछ ।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा ५ औं र ६औं स्थानमा रहेका नाउपा र जनमत एक भए चौथो स्थानमा पुग्नेछ । लुम्बिनीमा राप्रपाका पनि ४ सांसद छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x