बिहिबार, फाल्गुन २९, २०८१
Thursday, March 13, 2025

‘महिला चलचित्र महोत्सव’मा ६ जना नारी सम्मानित

‘चलचित्रमा नारी’ नारासहित आयोजित तीन दिने ‘महिला चलचित्र महोत्सव’ सम्पन्न भएको छ । मंगलबारदेखि सुरु भएको महोत्सव बिहिबार सकिएको छ । सामाजिक अभियन्ता अनुराधा कोइरालाको उपस्थितिमा ६ जना नारीलाई सम्मान गर्दै महोत्सव सकिएको हो ।

चलचित्र बिकास बोर्ड अन्तर्गत रहेको ‘महिला चलचित्रकर्मी सशक्तीकरण समिति’ले यो कार्यक्रम आयोजना गरेको थियो । फिल्म ‘सिन्दुर’ प्रदर्शनसँगै सुरु भएको महोत्सवको अन्तिम दिन महिलाप्रधान नाटक ‘दृश्य परिदृश्य’ मञ्चनसँगै सकिएको हो ।

कार्यक्रममा अभिनेत्री करिश्मा मानन्धर, रश्मि भट्ट, शोभा श्रेष्ठ (श्रृंगारक), गीता अधिकारी (चलचित्र पत्रकार), सरिता साह (कलाकार तथा निर्देशक), पशुपति राई (अभिनेत्री) र  थिन्ले ल्हामो (अभिनेत्री) सम्मानित भएका थिए ।
कार्यक्रममा बसुन्धारा भुसाल, भुवन चन्द, चैत्यदेवी, शम्भुजित बास्कोटा, दीपकराज गिरी, दिपाश्री निरौला, जितु नेपाल, राजभाई सुवाल, मोहन निरौला, निर्मल शर्मा,  जनकदिप पराजुली, रविन्द्र खड्का, सुचित्रा श्रेष्ठ, रक्षा सिंह राणा, प्रदीप खड्का, केकी अधिकारी, यम बराल, सविन श्रेष्ठ, अनु शाह, विद्या कार्की लगायतको उपस्थिति थियो ।

कार्यक्रममा ललितकला कलेजका विद्यार्थीले ‘सिन्दुर’ चलचित्रका महिला चलचित्रकर्मीको बनाएको स्केच सम्बन्धित कलाकारलाई हस्तान्तरण गरिएको थियो ।

महोत्सवले महिला चलचित्रकर्मीलाई अगाडि बढ्न प्रेरणा र हौसला मिल्ने चलचित्र बिकास बोर्डका अध्यक्ष दिनेश डीसीले बताए । चलचित्रकर्मी सशक्तीकरण समितिको अध्यक्षमा अभिनेत्री केकी अधिकारी रहेकी थिइन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x