माओवादीकाे अभियान रौतहट पुग्याे

गत १२ गते झापाको कचनकवलबाट शुरू भएको अभियान झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी हुँदै सर्लाही आएको हो । आजै सर्लाहीका कार्यक्रम सकेर अभियान टोली रौतहट गएकाे छ।
अभियानको जिल्ला बढ्दै गर्दा जनसहभागिता पनि बढ्दै गएको छ। बिहान ६ बजे मर्निङ वाक गरेर शुरू गरिने अभियानका कार्यक्रम राति ९ बजेसम्म चल्ने गरेका छन् ।अभियानको क्रममा सडकैभरि फूलमाला बोकेर उभिएका सयौं कार्यकर्ता र शुभेच्छुकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित नेताहरूलाई स्वागत गर्ने गरेका छन् । स्वागतमा सबै उमेर समूह र बढी महिलाहरू सडकमा आउने गरेका छन् । स्वागतपछि चोक चोकमा चोक सभा हुने गरेको छ भने एक जिल्लामा एक मुख्य सभा हुने गरेको छ।
सर्लाहीमा प्रवेश गरेपछि हिजोदेखि विभिन्न स्थानमा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीका स्थानीय कमिटीहरूले संयुक्त स्वागत कार्यक्रम राखेका छन् । पार्टी अध्यक्ष महेन्द्रराय यादव पनि अभियानमा सहभागी छन् ।
हुलाकी मार्गमा पर्ने स्थानीय तहहरूले अभियान टोलीलाई स्वागत गरिरहेका छन् । जुन दलबाट जितेका जनप्रतिनिधि भए पनि पूर्वप्रधानमन्त्रीसहित देशका शीर्ष नेता गाउँमा आउनुलाई अवसरको रुपमा लिएर उनीहरुले स्वागत गर्ने गरेका छन् ।
अभियान टोलीले जनताकै घरमा सामूहिक रूपमा खाना खाने र बाँडिएर बस्ने गरेको छ। आज सर्लाहीमा अभियान टोली बिहानै पर्सा गाउँपालिकाको मुस्लिम बस्तीमा पुगेर रमजानको शुभकामना आदान प्रदान गरेको थियो ।
WRITE COMMENTS FOR THIS ARTICLE