बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

आज पनि रास्वपा र राप्रपाले प्रतिनिधि सभाको बैठक बहिस्कार गरे

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाले आज पनि प्रतिनिधि सभाको बैठक बहिस्कार गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा रास्वपाका सांसद अशोक चौधरी र राप्रपाका सांसद धवलशमशेर जबराले आफ्नो धारणा राखेपछि आजको बैठक बहिष्कार गरेका हुन् ।

रास्वपा सांसद चौधरीले सरकारले हचुवाका भरमा हतार गरेर सामाजिक सञ्जाल बन्द गर्न लागेको आरोप लगाउदै उनले भिजिट भिसा प्रकरणमा जारी रहेको विरोध अहिले पनि जारी रहेको बताए ।

त्यस्तै राप्रपा सांसद राणाले निजी विद्यालयका माग सुनेर समस्या समाधान गर्न आग्रह गरेका थिए ।

रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणमा आफुहरुको विरोध जारी रहेको बताउदै उनीहरुले छानबिनका लागि उच्चस्तरीय आयोग बनाउनुपर्ने माग राख्दै आएका छन् । दुवै दलले भिजिट भिसा प्रकरणमा गत जेठ १३ गतेदेखि नै संसदमा विरोध गर्दै आएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x