हिम शृङ्खलाको ३०औ अभिभावक दिवस सम्पन्न

गोकर्णेश्वर नगरपालिका २ नयाँपाटीमा रहेको हिम शृङ्खला एकेडेमीको ३० औ अभिभावक दिवस समारोहको सम्पन्न भएको छ। मन्टेश्वरीदेखि कक्षा १२ सम्म करिब १२ सय बिद्यार्थी पठनपाठन गरिरहेको यो बिद्यालयको ३० औ अभिभावक दिवसको उद्घाटन नगर प्रमुख दिपक रिसालले पानसमा दिप प्रज्वलन गरि गरेका थिए । अभिभावकहरुको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा कक्षागत रुपमा थुप्रै बिद्यार्थीहरुले नेपाली साँस्कृतिक नृत्य,गायन,अभिनय,संगीत,अभिनय प्रस्तुत गरेर अभिभावकहरुलाइ मनोरञ्जन प्रदान गरेका थिए। दुई दिन सम्म चल्ने उक्त अभिभावक दिवसमा राष्ट्रिय कलाकारहरुको समेत प्रस्तुती रहेको थियो। अभिभावक दिवसकै अवसरमा साङ्गितिक प्रस्तुती दिने सम्पुर्ण बिध्यार्थी कलाकारहरुलाइ बिद्यालयको तर्फबाट मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो।
WRITE COMMENTS FOR THIS ARTICLE