आइतवार, मंसिर २१, २०८२
Sunday, December 7, 2025

राप्रपाको कार्यसम्पादन समिति बैठक शुरु

 काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को कार्यसम्पादन समिति बैठक शुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा कार्यसम्पादन समितिको बैठक शुरु भएको प्रचार विभाग प्रमुख तथा प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा जारी बैठकमा समसामयिक परिस्थितिको विश्लेषण, पार्टीको आगामी रणनीति, आसन्न केन्द्रीय समिति बैठकका एजेन्डा लगायतमा छलफल हुने प्रवक्ता श्रेष्ठको भनाइ छ ।

आजको बैठकमा महामन्त्री डा. धवलशम्शेर राणाको नेतृत्वमा असन्तुष्टहरूको समूहका मुद्दा सम्बोधन पनि प्रमुख विषय रहेको छ । प्रवक्ता श्रेष्ठले पार्टीभित्र आन्तरिक एकता कायम गर्दै सबै तहको अधिवेशन सम्पन्न गर्ने, एजेन्डा केन्द्रीत कार्यक्रम अघि बढाउने, चुनाव भइहालेमा चुनावी तयारी कसरी गर्ने भन्ने लगायतका विविध विषयमा छलफल हुने जानकारी दिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x