बुधबार, फाल्गुन २८, २०८१
Wednesday, March 12, 2025

चितवन जिल्ला अदालतमा लामिछानेको बयान सकियाे, थुनछेन बहसको तयारी

चितवन, – चितवन जिल्ला अदालतमा रवि लामिछानेको बयान भर्खरै सकिएको छ ।

साहारा चितवन बहुउद्देश्यीय सहकारीको रकम ठगी मुद्दाका प्रतिवादी रवि लामिछाने बयानका लागि आज बिहान अदालतमा उपस्थित भएका थिए ।

न्यायाधीश दयाराम ढकालको इजलासमा रविको बयान लिइएको हो । बयान सकिएसंगै थुनछेन बहसको तयारी गरिएको छ ।

बहसका लागि दुवै पक्षबाट १३ जनाले वकालतनामा दर्ता गराएका छन् ।

सरकारी वकीलको तर्फबाट तीन जना, सहकारी पिडितको तर्फबाट चार जना र रविको पक्षबाट बहस गर्न ६ जनाले वकालतनामा दर्ता गरेका छन् ।

जिल्ला सरकारी वकीलको कार्यालय चितवनले मंगलवार रवि सहित १५ जना विरुद्ध पुरक अभियोग पत्र दायर गरेको थियो । यसअघि असोज ८ गते १७ जना विरुद्ध मुद्दा दर्ता भएको थियो ।


WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x