बुधबार, माघ ९, २०८१
Wednesday, January 22, 2025

लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग प्लेअफ दौडबाट बाहिरियाे

काठमाडौं,- गुर्खाजसँग १८ रनले पराजित भएसँगै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपिएल)को प्लेअफ दौडबाट बाहिरिएको छ । एनपिएलमा लुम्बिनीले ६ खेल खेल्दा पाँच खेलमा पराजित भयो । रोहितकुमार पौडेलको कप्तानीमा रहेको टोली प्लेअफबाट बाहिर हुने आठमध्ये पहिलो टोलीसमेत बन्यो ।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको काठमाडौं १९.२ ओभरमा अलआउट हुँदा मात्र १०४ रनको लक्ष्य प्रस्तुत गरेकाे थियाे । प्रत्युत्तरमा लुम्बिनीले १९.२ ओभरमा अलआउट हुँदा मात्र ८५ रन बनाउन सक्यो ।

पछिल्लो खेलमा लुम्बिनीले चितवनलाई ३३ रनले पराजित गर्दै प्लेअफ सम्भावना यथावत् राखेको थियो । त्यसअघि लगातार विराटनगरसँग दुई विकेट, पोखरासँग १० विकेट, सुदूरपश्चिमविरुद्ध ४५ रन र जनकपुरविरुद्ध एक रनले पराजित भएको थियो ।

चौथो खेल खेलिरहेको काठमाडौंले दोस्रो जित निकाल्यो । उसले कर्णाली याक्सलाई तीन विकेटले हराउँदा चितवनसँग पाँच विकेट र सुदूरपश्चिमविरुद्ध ७३ रनको हार व्यहोरेको थियो ।

छैटाैँ खेलमा लुम्बिनीका तीन खेलाडीले मात्रै दोहोरो अंकमा रन बनाए । सन्दीप जोराले २९ बलमा दुई चौकासहित सर्वाधिक २६ रन बनाए । उनलाई करणको बलमा शाहव आलमले क्याचआउट गराएका थिए ।
अमेरिकाका उन्मुक्त चन्दले १९ बलमा एक चौकासहित १४ रन बनाएका हुन् । कप्तान रोहित आठ, ओपनर अर्जुन साउद तीन, टम मुर्स ६, सन्दीप जोरा साद विन जफर गोल्डेन डकआउट र विवेक यादव दुई रन बनाएर आउट भएका थिए । सूर्य ११ रनमा अविजित रहे ।

काठमाडौंका तीव्रगतिका बलर तथा कप्तान करण केसीले चार ओभरमा १६ रन खर्चिँदै सर्वाधिक चार विकेट हात पारेका थिए । स्पिनर दीपेश कँडेलले तीन तथा गेहार्ड इरास्मसले दुई विकेट हात पारे । रसिद खानको नाममा एक विकेट रह्यो ।

काठमाडौंका लागि तेस्रो नम्बर क्रिजमा पुगेका भीम सार्कीले ४० बलमा एक चौकासहित सर्वाधिक ३१ रन बनाए । २७ वर्षीय इंग्लिस खेलाडी डानियल एलेक्जान्डर डाउथवेटले २१ रन बनाएका थिए । यसबाहेक प्रतीक श्रेष्ठले १४ बलमा ३० र अफगानिस्तानका युवा ब्याटर स्टेफन इस्किनाजीले १३ रनको योगदान गरेका थिए । ओपनर माइकल लेभिट दुई बल खेलेर डकआउट भएपछि काठमाडौं दबाबमा आएको थियो । त्यसपछि जेहार्ड इरास्मस एक, सुमित महर्जन चार, रसिद खान एक, कप्तान करण केसी एक रन, शाहव आलम आठ रन बनाएर आउट भएका थिए । लुम्बिनीका लागि साद विन जफरले तीन तथा रेमन सिमोन्ड्स र अभिषेक गौतमले समान दुई विकेट हात पारे । सूर्य तामाङ र विवेक यादवले समान एक विकेट लिए ।

आज नै भएको पहिलो खेलमा सुदूरपश्चिमले जनकपुर रोयल्सलाई ७२ रनले हरायो ।

बिहीबारको पहिलो खेलमा पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किंग्स तथा दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध काठमाडौं गुर्खाज भिड्नेछन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x