शुक्रबार, साउन २२, २०८३
Friday, August 7, 2026

मृत्युदण्ड, झुटा आरोप र नक्कली मुद्दाको सुनुवाइले मलाई तर्साउन सक्दैनन्-शेख हसिना

नयाँदिल्ली – बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले दुई वर्षको अन्तरालपछि बुधबार भर्चुअल माध्यमबाट जनतालाई सम्बोधन गरेकी छिन्।

बंगलादेशमा अचानक फैलिएको हिंसा पछि सत्ताच्युत हुदैँ देश छाडेर भागेको दुई बर्ष पछि पहिलो पटक हसिनाले बंगलादेशका जनतालाई नयाँदिल्ली, भारतवाट सम्बोधन गरेकी हुन् ।

उनले बोल्दै गर्दा उनको क्यामेरा बन्द गरिएको थियो तर २५ मिनेट लामो भाषणमा उनले भनिन्, ‘मलाई थाहा छ कि उनीहरूले मलाई जेलमा हाल्न वा मार्न पनि सक्छन् तैपनि म डिसेम्बरमा बंगलादेश फर्कनेछु। जनसमर्थन मेरो लागि अत्यन्त महत्त्वपूर्ण छ। मृत्युदण्ड, झुटा आरोप र नक्कली मुद्दाको सुनुवाइले मलाई तर्साउन सक्दैनन्। म विरुद्धको कानुनी कारबाही गैरकानुनी, असंवैधानिक र राजनीतिक रूपमा प्रेरित छ।’

हसिनाले आफूले स्वेच्छाले बंगलादेश नछोडेको पनि बताइन्। प्रदर्शनकारीहरू प्रधानमन्त्रीको निवासतर्फ अघि बढिरहँदा उनले त्यहाँबाट निस्कनका लागि ३० देखि ४० मिनेटको समय मात्र पाएकी थिइन्। त्यसबेला आफू देश छोड्दै छु भन्ने कुरा उनी स्वयंलाई पनि थाहा थिएन् । उनी आफ्नो पुर्ख्यौली गाउँ तुंगीपाडा जाने तयारीमा थिइन् तर परिस्थितिले गर्दा उनले देश छोड्नुपर्ने बाध्यता परेको थियो ।

हसिनाको सम्बोधनपछि बंगलादेश सरकारले एक विज्ञप्ति जारी गर्दै असन्तुष्टि व्यक्त गरेको छ । उक्त विज्ञप्तिमा नरसंहारका लागि जिम्मेवार ठानिएकी शेख हसिनालाई दिल्लीमा सञ्चारमाध्यमसँग कुराकानी गर्न दिइएको र त्यहाँ उनले बंगलादेश तथा त्यहाँका जनताविरुद्ध विषवमनपूर्ण टिप्पणी गरेको भन्दै आपत्ति जनाएको छ।

यस अघि हसिनासँगको बैठकमा सहभागी भएका पूर्व क्रिकेटर तथा पूर्वसांसद शाकिब अल हसनको घरमा आगजनी गर्ने प्रयास गरिएको थियो। सो क्रममा आक्रमणकारीहरूले पेट्रोल बम प्रहार गर्नुका साथै ढुङ्गामुढा गरेका थिए ।

शेख हसिना अगस्ट २०२४ देखि नयाँ दिल्लीमा बस्दै आएकी छिन । विद्यार्थी आन्दोलनका कारण उनको सरकार ढल्यो र उनी सत्ताच्युत हुदैँ राजधानी सहर ढाका छोडेर दिल्ली भाग्न बाध्य भएकी थिइन् ।

गत नोभेम्बरमा ढाकास्थित एक विशेष न्यायाधिकरणले सन् २०२४ को आन्दोलनका क्रममा प्रदर्शनकारीहरूमाथि गरिएको दमनसँग सम्बन्धित मानवता विरुद्धको अपराधमा उनलाई अनुपस्थितिमा मृत्युदण्डको सजाय सुनाइसकेको छ । त्यसयता, बंगलादेश सरकारले भारतसँग उनको सुपुर्दगीको माग निरन्तर गरिरहेको छ।

तर, हसिनाले पहिलो पटक जनताको नाममा दिएको बक्तब्य पछि बीएनपीका वरिष्ठ नेताहरूले सार्वजनिक रूपमा टिप्पणी गर्न अस्वीकार गरेका छन। यद्दपी, नाम नबताउने सर्तमा एक नेताले बताए अनुसार अवामी लिगसम्बन्धी विषयहरू सरकार र अदालतमा छोडिएको छ।

जामात–ए–इस्लामीका नेता अताउर रहमान सरकारले यस विषयमा पार्टीले अहिलेसम्म आफ्नो आधिकारिक धारणा तय नगरेको र पछि आफ्नो अडान प्रस्तुत गर्ने बताएका छन भने बंगलादेश कम्युनिस्ट पार्टीका नेता डा. साजेदुल हक रुबेलले हसिना र अवामी लिगले आफ्ना राजनीतिक गतिविधिहरू जारी राख्नु स्वाभाविक भए पनि उनको सम्पूर्ण भाषणको अध्ययन गरे पछि मात्र पार्टीले यसमा टिप्पणी गर्ने प्रारम्भिक प्रतिक्रिया दिएका छन ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x