प्रधानन्यायाधीशमा डा. शर्मा संसदीय समितिबाट सर्वसम्मत
काठमाडौ – प्रधानन्यायाधीशका रूपमा डा. मनोज शर्माको नाम संसदीय समितिबाट सर्वसम्मत अनुमोदन भएको छ । मङ्गलबार संसदीय सुनुवाइपछि समितिबाट उहाँको नाम सर्वसम्मत अनुमोदन भएको हो ।
समितिका सभापति बोधनारायण श्रेष्ठले २०८३ वैशाख २३ गते सिफारिस अनुसार डा. शर्माको नाम प्रधानन्यायाधीशमा सर्वसम्मत अनुमोदन भएको जानकारी गराउनुभएको हो ।
संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ भएको हो । समितिले मङ्गलबार बिहान प्रस्तावित प्रधानन्यायाधीश शर्माको कार्ययोजना र उजुरी अध्ययन गर्न बैठक बोलाएको थियो ।


WRITE COMMENTS FOR THIS ARTICLE