बिहिबार, बैशाख १०, २०८३
Thursday, April 23, 2026

थापा र शर्मा ५ वर्षका लागि पार्टीबाट निष्काशित

काठमाडौं – नेपाली कांग्रेसले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मामाथि कारबाही गरेको छ। उनीहरूसँगै सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पनि पाँच वर्षसम्म पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको छ।

पार्टीका केन्द्रीय सदस्यहरूका अनुसार तीनै जनामाथि पाँच वर्षका लागि साधारण सदस्यता निलम्बन गर्ने निर्णय गरिएको हो। विशेष महाधिवेशन पक्षधरहरूले सहमतिको प्रयासस्वरूप आठबुँदे प्रस्ताव अघि सारे पनि त्यसमा सहमति जुट्न नसकेपछि वार्ता औपचारिक रूपमा टुंगिएको थियो।

वार्ता असफल भएपछि विशेष महाधिवेशन पक्षधर समूहले अब केही समयभित्रै नयाँ कार्यसमिति सार्वजनिक गर्ने तयारी गरेको एक नेताले जानकारी दिएका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x