मङ्लबार, बैशाख ८, २०८३
Tuesday, April 21, 2026

नागरिक लगानी कोषको उपदान तथा पेन्सन योजनामा मेरो माइक्रो फाइनान्स आबद्ध

काठमाडौ‍ – नागरिक लगानी कोषले सञ्चालन गरेको उपदान तथा पेन्सन योजनामा मेरो मााइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था आबद्ध भएको छ। सो सम्बन्धी समझदारी पत्र सोमबार कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र मेरो माइक्रो फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालबीच हस्तान्तरण भएको हो।

६४ जिल्ला कार्यक्षेत्र रहेको यस लघुवित्तमा करिब पाँच सय कर्मचारी कार्यरत रहेका छन्। कोषको यस योजनामा सङ्गठित संस्था तथा त्यस्ता संस्थाका कर्मचारीहरू सहभागी हुन सक्ने व्यवस्था रहेको छ। यसअन्तर्गत योगदानमा वा गैर योगदानमा आधारित भएर सङ्घ–संस्थाले उपदान कोष व्यवस्थापन गर्न सक्नेछन्। सोही व्यवस्था अनुसार उक्त लघु वित्त वित्तीय संस्था कोषको उपदान योजनामा आबद्ध भएको हो। यसअघि पनि कोषसँग विभिन्न लघुवित्त वित्तीय संस्था लिमिटेड आबद्ध भइसकेका छन्।

कोषले २०५५ देखि सुरु गरेको उपदान तथा पेन्सन योजनामा विभिन्न सङ्गठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको उपदान तथा पेन्सनबापतको रकम सङ्कलन गरी लगानी गर्ने र कर्मचारी निवृत्त भएपछि भुक्तानी गर्ने गरिएको छ। यस योजनामा योगदानमा आधारित र गैर योगदानमा आधारित रकम जम्मा गरी सहभागी हुन सकिने व्यवस्था छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x