बिहिबार, बैशाख २४, २०८३
Thursday, May 7, 2026

जेनजी आन्दोलनको मुख्य कारण नै मुलुकभित्रको कुशासन -दीपक मल्होत्रा

नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीका अध्यक्ष दीपककुमार मल्होत्राले देशमा उद्योगी–व्यवसायीलाई हेर्ने दृष्टिकोण नकारात्मक बन्दै जाँदा उनीहरुको आत्मबल कमजोर भएको बताए ।

नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीको १४ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले अन्य मुलुकमा उद्योगी–व्यवसायीलाई हेर्ने दृष्टिकोणमा सुधार नआएसम्म मुलकमा आर्थिक विकास हुन नसक्ने बताए । उनले इज्जत पाउने वर्गलाई इज्जत नदिनु दुःखद् कुरा भएको बताए । अध्यक्ष मल्होत्राले जेनजी आन्दोलन हुनुको मुख्य कारण नै मुलुकभित्रको कुशासन रहेको बताए। अब कुशासनलाई हटाएर मुलुकमा व्यवसायीमैत्री वातावरण सिर्जना गर्नुपर्नेमा उनको जोड थियो । उनकाअनुसार निजी क्षेत्र सक्रिय भएर अघि बढे दुवै मुलुकको अर्थतन्त्र लाभान्वित हुनेछ ।

अध्यक्ष मल्होत्राले भने–‘सबभन्दा यो देशको दुर्भाग्य भनेको संसारमा सबै देशमा उद्योग व्यापारीले इज्जत पाउछ तर यहाँ उद्योगी व्यवसायीले इज्जत पाउन सकेन । इज्जत पाउने जुन वर्ग हो, उसले इज्जतै पाउन सकेन । एउटा न्यारेटिभ के विकास भयो भने यिनिहरु ठगहरु हुन्, यिनिहिरु ट्याक्स चोर्छन्, यिनिहरुले राम्रा काम गर्दैनन्, भन्नेखालको न्यारेटिभ बन्यो । हुँदाहुँदा हामीलाई नेता, कर्मचारी, पत्रकार, जनताले पनि त्यही भन्न थाले । हामी विना हाम्रो देशको विकास, समृद्ध गर्न असम्भव छ । व्यापारी उद्योगपति भएन र काम गरेन भने देशको अर्थतन्त्र कहाँ जान्छ ?’

कार्यक्रममा नेपाल चेम्बर अफ कर्मसका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठले नेपाल–भियतनाम व्यापार सम्बन्धमा अझ ठूलो सम्भावना रहेको बताए । उनले आगामी दिनमा भियतनामसँग सम्बन्ध बढाएर नेपालले व्यवसायिक फाइदा लिनुपर्नेमा जोड दिए ।

पूर्वअध्यक्ष श्रेष्ठले भने–‘भियतनामको जुन जीडीपी ग्रोथ छ, सोही अनुसारको नेपालले हासिल गर्नका लागि सम्बन्ध बढाउन जरुरी छ ।’

उनले भियतनाममा हुने मेलाहरुबाट फाइदा उठाउन नेपालले निरन्तर प्रयास गर्नुपर्नेमा जोड दिए ।

श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीको १४ औँ वार्षिक साधारण सभाले सुनिलभक्त श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिमा निःवर्तमान अध्यक्ष दीपककुमार मल्होत्रा र उर्मिला श्रेष्ठ वरिष्ठ उपाध्यक्ष तथा सुरेशमान श्रेष्ठ तथा गोपालदास मानन्धर उपाध्यक्ष पदमा निर्वाचित भएका छन् ।

महासचिवमा नवीन सारु (डोलबहादुर थापा), कोषाध्यक्षमा स्वाति घोरीवाला, सचिवमा पवित्रमान गुरुङ र प्रकाश (राम) श्रेष्ठ निर्वाचित भएका छन् । सदस्यहरूमा मनिशलाल प्रधान, सुशील स्थापित, दीपक महर्जन, सञ्जीव तुलाधर, राजु श्रेष्ठ, श्याम मारवाडी, रश्मी पन्त चयन भएका छन् भने कुमार श्रेष्ठ, प्रकाश रेग्मी, आयुसबहादुर श्रेष्ठ, रमेश पराजुली, विधाता श्रेष्ठ, अच्युतबहादुर हाडा, सक्षम घिमिरे, सर्वोत्तम लाल श्रेष्ठ निर्वाचित भएका छन् । त्यस्तै कार्यसमितिले किरणकुमार श्रेष्ठ, ध्रुवकुमार श्रेष्ठ र डा. सरोज अधिकारीलाई सल्लाहकारमा चयन गरेको छ ।

पदस्थापन समारोहपछि नवनिर्वाचित अध्यक्ष सुनिलभक्त श्रेष्ठले भियतनामसँगको व्यापारिक सम्बन्ध विस्तारमा आफूले जोड दिने बताए। उनकाअनुसार दुवै देशबीचको व्यापार क्षमता ठूलो छ । अबको कार्यकालमा व्यापारिक प्रमोशन, लगानी आकर्षण तथा व्यवसायीहरूलाई जोड्ने प्लेटफर्मलाई अझ सशक्त बनाउँदै लगिनेछ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x