शुक्रबार, कार्तिक २, २०८१
Friday, October 18, 2024

लेखा समितिको सभापतिले राजीनामा दिनुहुन्छ : योगेश भट्टराई

काठमाडौं । नेकपा (एमाले)ले शीर्ष नेताबीच सहमति भए सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्ष दललाई छाड्न तयार रहेको जनाएको छ । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको आइतबारको बैठकमा एमाले सांसद योगेश भट्टराईले सभापतिको विषय उठाएर दबाबमा राख्न खोजिएको बताए ।

नेकपा (माओवादी केन्द्र)ले लेखा समितिको सभापति पद माग गर्दै आएको छ । बैठकमा माओवादी सांसद लेखनाथ दाहालले उक्त पद प्रतिपक्षीलाई दिन पहल गर्न समितिका सभाापति ऋषिकेश पाेखरेललाई आग्रह गरेका थिए ।

जवाफमा भट्टराईले ०७९ सालको निर्वाचनपछि शीर्ष नेतृत्वबीच सहमति भएर सभापतिको विषय टुंगिएको बताए । पुनः सहमति भए समिति सभापतिले राजीनामा दिने उनको भनाइ थियो ।

“सभापति संसदीय परम्पराअनुसार विपक्षी दलको हुन्छ भने विदित नै छ । हामीले कतिपय परम्परा मिच्दै आएका छौ,” उनले भने, “०७९ को चुनावपछि समिति सभापतिमा निर्वाचन भएन, सहमतिबाट चयन भएको हो । राजनीतिक दलको नेतृत्वमा पुनः सहमति हुन्छ भने सभापतिले राजीनामा दिनुपर्छ, दिनुहुन्छ । पटक–पटक सभापतिको विषयमा चिमोटेर दबाब दिइयो ।”

भट्टराईले यसअघि लेखा समितिको सभापति पद प्रतिपक्षलाई दिए/नदिएको हेर्न आग्रह गरे । उनले सभामुख, राष्ट्रियसभाका अध्यक्ष पनि कसरी बनाइयो भन्ने हेर्न सुझाव दिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

0
Would love your thoughts, please comment.x
()
x