प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा अंकुश होईन नियमन गनुपर्छ – रेग्मी

काठमाडौं,-विगत ३२ बर्ष देखि निरन्तर प्रकाशनमा रहेको नेपाल टाईगर साप्ताहिकको ३३ औं बार्षिकोत्सव सम्पन्न भएको छ ।
मन्त्री परिषदका पूर्व अध्यक्ष तथा प्रधान न्यायाधिस खिलराज रेग्मीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा पत्रिकाका प्रधान सम्पादक मधुबहादुर बस्नेतको सभापतित्वमा भएको थियो ।
कार्यक्रममा बरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई दोसल्ला सहित सम्मान गरिएको थियो भने साहित्यकार हरिभक्त बुढाथोकी, समाजसेवी उपरथी शेखरसिंह बस्न्यात, सामाजिक अभियन्ता तथा प्रथम महिला प्रशासक अम्बिका के.सी., अर्थविद् रेवतबहादुर कार्की, कानुनकर्मी बगला रेग्मी, सामाजिक अभियन्ता ज्योति रञ्जित, ईन्जिनियरिङ्ग सेवामा क्रियाशिल ब्यक्तित्व ई.केशवराज बिष्ट, चिकित्साक्षेत्रमा रहेर निष्ठा र ईमान्दारितापूर्वक समाजसेवामा सक्रिय डा. रामबहादुर विष्ट, ब्यवसायी साजीद खान, विनित रावल, नारायण देवकोटा, सामाजिक अभियन्ता सावित्री घिमिरे, तथा चार दशक देखि कलाकर्ममा सक्रिय कलाकार भुपेन्द्र पराजुली लगायत विभिन्न क्षेत्रमा ख्यातिप्राप्त गर्नुभएका विशिष्ठ ब्यक्तित्वहरुलाई सम्मान् गरिएको थियो ।
कार्यक्रमलाई सम्वोधन गर्दै रेग्मीले अहिलेको विद्युतिय बेलामा पनि ३३ बर्ष देखि निरन्तर प्रकाशनमा रहेको नेपाल टाईगर साप्ताहिक छापा माध्यमको एउटा ईतिहास रहेको बताउँदै उहाँले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा सञ्चार माध्यमलाई अंकुश होईन नियमन गनुपर्ने बताउनु भयो ।
WRITE COMMENTS FOR THIS ARTICLE