मङ्लबार, चैत्र २६, २०८१
Tuesday, April 8, 2025

सरकारले आम सर्वसाधारणका लागि धरहरा खुला गर्ने

सरकारले आम सर्वसाधारणका लागि धरहरा खुला गर्ने भएको छ।

बुधबार सिंहदरबारस्थित मन्त्रालयमा उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले पत्रकारहरुसँगको छलफलका क्रममा सो कुराको जानकारी गराए।

धरहराको सबै काम नसकिए पनि चढ्न चाहनेहरूका लागि आवश्यक बन्दोबस्त मिलाएर केही समयपछि नै खुला गर्ने उनले बताए।

‘संसदकै पहिलो र दोस्रो ठूलो राजनीतिक दलहरु मिलेर सरकार बनेको छ। जुन तपाईंहरूले अपेक्षा गर्नुभएको छ। यो नयाँ सहररूको बारेमा के हुँदैछ? यो धरहराको केही दिनमै कम्प्लिट पार्ट होइन, केही पार्ट इच्छुक हुने, धरहरा चढ्न चाहनेहरुको बन्दोबस्त गर्न हामी लागिरहेका छौँ,’ उपप्रधानमन्त्री सिंहले भने।

संसदकै पहिलो र दोस्रो ठूलो राजनीतिक दलहरू मिलेर सरकार बनेकाले नयाँ सहरहरूलाई पनि सुरक्षित र व्यवस्थित गर्दै लैजाने उनको भनाइ थियो।

उपप्रधानमन्त्री सिंहले नयाँ संसद भवन आफू मन्त्री भएर आउँदा नै ८२ प्रतिशत काम सकिसकेको र अहिले काम जारी रहेकाले समयसीमाभित्रै काम सकेर सञ्चालन गर्ने तयारी रहेको पनि बताए।

‘संसदको भवन जुन छ, त्यसमा पनि म आउँदा कति प्रगति भएको छ भनेर सोधेँ। ८२ प्रतिशत त प्रगति भइसकेको छ। ८२ प्रतिशत प्रगति भएर के गर्नु? त्यहाँ गएर पाल्र्यामेण्ट चलाउन सकिँदैन,’ उनले भने, ‘ठेक्का लिएकाहरुले पनि समयसीमामा त बनाइसक्नुपर्छ नि। फोहोरमैलाकोमा पनि उपत्यका मेयर फोरमसँग पनि कुरा पटक पटक गरिसकेको छु। सबैले प्रयोग गर्ने तर जिम्मा कोही नलिने भन्ने भइरहेको छ।’

निर्देशिका बनाएर फोहोरमैला के गर्ने भन्ने तयारी गरिरहेको पनि उनले बताएका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x