मङ्लबार, अशोज २७, २०८३
Tuesday, October 13, 2026

एमालेको केन्द्रीय कमिटीमा १३ जना मनोनीत, बाँकी निर्णय पछि हुने

काठमाडौं – नेकपा (एमाले) को स्थायी कमिटी बैठकले १३ जनालाई केन्द्रीय कमिटी सदस्यमा मनोनीत गरेको छ।

पार्टी सचिव महेश बस्नेतका अनुसार केन्द्रीय कमिटी सदस्यमा मनोनीत हुनेहरूमा शृजना राई, पुष्पा केसी, सावित्रा अर्याल, इन्दु कडेरिया, सीता पंगेनी, सीता अधिकारी, धर्मनाथप्रसाद शाह, तेजमान कङ्गदवा, टंक आङ्बुहाङ, नवीन रोका, मिनप्रसाद गुरुङ, डबल पाण्डे र तेजेन्द्र केसी रहेका छन्।

बैठकले बाँकी एजेन्डामा भने उपयुक्त समयमा अध्यक्षले बैठक बोलाएर निर्णय गर्ने टुंगो लगाएको सचिव महेश बस्नेतले जानकारी दिए।

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments