बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

नागरिक समाजले एक समारोहका बिच सम्मान हस्तारण गर्‍याे

नागरिक बोर्ड डटकमको चौथो बार्षिक उत्सव तथा क्यालेण्डर प्रकाशन एवं विशेष नागरिक अवार्ड २०८२, नागरिक अभिनन्दन र बरिष्ठ लोकदोहोरी गायक बद्रि पराजुलीको एकल सांगितिक साँझ यहि मिति २०८२ बैशाख १० गते राष्ट्रिय नाचघरको प्रेक्षालय, जमल काठमाडौंमा नेपाल सरकारका रक्षा मन्त्री मा. मानवीर राईको प्रमुख आतिथ्यतामा उच्च पदस्थ व्यक्तित्व, वुद्धिजिवि, समाजसेवी, कानुन अभियन्ता, सामाजिक अभियन्ता, पत्रकार, साहित्यकार, कलाकर्मीहरुको उपस्थितीमा भव्यरुपमा सम्पन्न भएको थियो ।

उक्त कार्यक्रममा आफ्नो कार्य व्यस्तताका कारण सम्मान ग्रहण गर्न असर्मथ हुनुभएका बिभिन्न ब्यक्तित्वहरुलाई सामाजिक रुपान्तरणका लागि नागरिक समाजका अध्यक्ष श्री यामबहादुर जि.सी. तथा उपाध्यक्ष बद्रि पराजुलीले उहाँहरुकै कार्यस्थलमा एक समारोहका बिच सम्मान हस्तारण गर्नु भएको छ ।

यसरी सम्मानित हुनुहुने व्यक्तित्वहरुमा पोखरा महानगर पालिकाका नगर प्रमुख श्री धनराज आचार्य, मोदी गाउँपालिका, पर्वतका अध्यक्ष श्री हिरादेवी शर्मा पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति तथा बरिष्ठ शिक्षासेवी श्री पदम राज ढकाल, बरिष्ठ लोक दोहोरी गायक प्रजापति पराजुलीलाई पोखरामा जारी ऐतिहासिक महत्वको कोटीहोम कार्यक्रम प्राङ्गणमा हस्तान्तरण गरिएको थियो ।

यसैगरी पोखरा महानगरपालिका वडा नं.२३ का वडा अध्यक्ष श्री रामकाजी गुरुङ्गलाई उहाँकै कार्यकक्षमा आयोजित महिला सशक्ति करण अभियान दुई दिने कार्यशाला कार्यक्रमको समापन समारोहमा सम्मान हस्तान्तरण गर्नुभयो ।

उक्त कार्यशालामा आफ्नो मन्तब्य राख्नुहुँदै नागरिक समाजका अध्यक्ष श्रीयामबहादुर जि.सी.ले महिला सशक्ति करण अभियान वडाहरुमा मात्र सिमित नराखी प्रत्येक घर दैलोसम्म पुग्नुपर्ने बताउनु भयो । हुदै गाउँटोलमा अव युवाहरु पलायन भैसके अन्तिम पुस्ता हामी मात्रै हौं यसलाई रोक्नका लागी हाम्रो छोरा नातिलाइ देशमै राख्नका लागि प्राविधिक शिक्षाको खाँचो रहेको र देशलाई चाहिने दक्ष जनशक्ति नेपालेमै रहने व्यवस्था गर्नका लागि र रेमिटेन्सको भरमा अव देश नचल्ने भन्दै सामुहिक कृषी र उत्पादन गरेका सामाग्री स्थानीय स्तर वाटै सहकारीको माध्यम वाट खरीद गरी उपभोक्ता माझ लैजाने व्यवस्थाका लागि पनि अनुरोध गर्दै यदी राज्यले गर्न नसके नागरिक समाज ले नै टोल टोलमा समुह खडा गरी व्यवस्थापन गरिने समेत चेतावनी दिनुभएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x