शनिबार, अशोज ३, २०८३
Saturday, September 19, 2026

आज संविधान दिवस मनाइँदै

काठमाडौं –आज संविधान दिवस मनाइँदै छ । २०७२ साल असोज ३ गते संविधानसभाबाट सङ्घीयतासहितको ‘नेपालको संविधान’ जारी भएको दिनको स्मरण गर्दै हरेक वर्ष संविधान दिवस तथा राष्ट्रिय दिवस मनाउने गरिन्छ ।

संविधान दिवसका अवसरमा शनिबार टुँडिखेलमा विशेष समारोह आयोजना हुँदै छ । समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्षलगायत उच्च पदस्थ व्यक्तिहरू सहभागी हुनेछन् ।

प्रदेश तथा स्थानीय सरकारका साथै गणतन्त्रवादी राजनीतिक दल, विभिन्न सङ्घसंस्था र नागरिकस्तरमा समेत छुट्टाछुट्टै कार्यक्रम आयोजना गरी संविधान दिवस मनाउने गरिन्छ । दिवसका अवसरमा विभिन्न राजनीतिक दलका नेताहरूले शुभकामना सन्देशसमेत जारी गरेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES